Tuesday, November 24

जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी आँसु झार्दै, राहत बाढ्दै (भिडियो हेर्नुहोस्)

June 23, 2020 238

काठमाडौं ०९ असार / विश्वभर फ‌लिरहेको नोभेल कोरोना भाइरस (कोभिड-१९) बाट बच्न नेपाल सरकारले चैत ११ गतेदेखि मुलुकमा लामो समयसम्म लकडाउन गरेपछि धेरै मानिसको जनजीवन प्रभावित बनेको छ ।

त्यस्तै कोरोनासँग बच्न घरमै बसिरहेका नागरिकलाई कलाकर्मीहरुले सहयोग गर्दै आइरहेका छन् । पछिल्लो समय नेपाल लगायत विश्वमानै लोकप्रिय बनेको छोटो भिडियो सेयर गर्न मिल्ने प्ल्याटफम “टिकटक” बाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले काठमाडौं बानेश्वर स्थित एक बालआश्रममा पुगेर राहत सामग्री वितरण गरेका छन् ।

टिकटकबाट चर्चा बटुल्दै म्युजिक भिडियोमा समेत राम्रो पहिचान बनाइसकेका “प्रिज्मा प्रिन्सी” जुम्ल्याहा दिदीबहिनीले झण्डै दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । उनिहरुको पहिलो डेब्यु म्युजिक भिडियो चाहिँ सञ्चारकर्मी शिशिर भण्डारीको “हाम्रो माया जिन्दावाद ” हो ।

त्यस्तै केहिसमय अगाडि प्रिज्मा प्रिन्सीको प्रेम चर्चाले पनि सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो । केहि महिनादेखि कोरोना भाइरसका कारण थला परेका नेपाली सांगीतिक बजार बिस्तारै उठ्न लागेको छ ।

सांगीतिक बजारमा थोरै चहलपहल सुरु भएसँगै कलाकारहरुले सामाजिक दूरी कायम गरेर छायांकन गरिरहेका छन् ।भर्खरै अभिनेता पल शाह , रियाशा दाहाल, सागर लम्साल “बले” सुधिर शर्माको अभिनय रहेको “ए है माया” बोलक गीत युट्युबको शिर्ष स्थानमा रहेको छ । त्यस्तै अबदेखि सामाजिक दुरी कायम गरेर रोकिएको चलचित्र छायांकनलाई निरन्तरता दिने मनसायमा पुगेका छन् चलचित्र कर्मिहरु ।

कोरोनाका कारण छायांकन स्थगित झरना थापा निर्देशित ए मेरो हजुर , दिपेन्द्र लामा निर्देशित २ नम्बरी र नारायण रायमाझी निर्देशित चलचित्र परदेशी दुई को छायांकन रोकिएको हो ।

यो पनि : सामाजिक सञ्जालको नयाँ प्रविधि अर्थात् टिक टक खोलेर एकाएक चर्चामा आएकी टुइन्स गर्ल हुन् प्रिन्सी र प्रिज्मा खतिवडा। यी दिदिबहिनीले टिकटकमा हंगामा मच्चाई रहेकी छिन् । लाखैं युवाहरूलाई आफ्नो अभिनय र सुन्दरतामा लठ्ठ बनाएकी छन् ।

उनीहरूको पहिलो म्युजिक भिडियो ‘हाम्रो माया जिन्दाबाद’मा शिशिर भण्डारीसँग देखिएकी थिइन् भने उक्त म्युजिक भिडियो खेली सकेपछि उनीहरू दर्शकको मन मुटु बसिसकेकी छिन् ।

पहिलो म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया आएपछि टुइन्स गर्ल फेरी अर्को म्युजिक भिडियो प्रमोद खरेल र नायक पल शाहसँग ‘झुमा झुमा’ देखिएकी हुन् भने यो भिडियोलाई दर्शकले अत्यधिक रुचाएका थिए किन भने भिडियो प्रमोद र पलकोसाथमा अभिनय रहेको थियो ।

त्यसपछि शिव परियारको गीतमा अभिनय गरेकी जुम्ल्याहा प्रिज्मा प्रिन्सीले अभिनय यात्रालाई निरन्तर अगाडि बढाइरहेकी छिन् ।

प्रतिकृया दिनुहोस्