बलिउडकी कुनै समयकी चर्चीत अभिनेत्री करिश्मा कपुरको ब्यक्तिगत जिवन निकै उतार चढाव पूर्ण छ । कुनै बेला उनको अभिषेक बच्चनसंग विवाह हुने पक्का भइसकेको थियो । तर अन्तिम अवस्थामा उनको विवाह अभिषेकसंग हुन सकेन ।
दुवै जनाको इनगेजमेन्ट पनि भएको थियो । आगामी जिवनको सुन्दर सपना दुवै जनाले देखेका थिए । तर एकाएक त्यो सपना भताभुंग भयो । अभिषेकसंगको विवाह हुन नपाउँदै अन्त्य भयो । अहिले दुई बच्चाको आमा भएर पनि करिश्मा फेरी एक्लो जिवन बाँचिरहेकी छन् । अभिषेकसंग विवाह नभएपछि अर्को वर्ष उनको विवाह सन् २००३ मा उद्योगपति संजय कपुरसँग भएको थियो ।
उनको दुई सन्तान पनि भए । तर, सम्बन्ध लामो समय टिक्न सकेन । सन् २०१६ मा उनीहरुले डिभोर्स गरे । । अघिल्लो पुस्ताकी निकै चर्चित नायीका करिश्माले परम्परागत मान्यतालाई तोडेर फिल्ममा आएकी हुन् । उनको जन्म सन् १९७४ २५ जुनमा भएको थियो । कपुर खानदानमा कुनै पनि महिला रंगमञ्चमा थिएनन् । उनले त्यो परम्परा तोडेकी थिइन् ।
सफलताको उचाई चढ्दै गर्दा अभिषेकसंग हुन लागेको विवाह रोकियो । उनको आमाका कारण विवाह रोकिएको भारतीय मिडियामा दावी आएको छ । मिडिया रिपोर्टका अनुसार अभिषेकसँग करिश्माकी आमाले कति कमाउँछौँ भनेर प्रश्न गरेपछि बच्चन परिवार रिसाएको थियो ।
आफ्नो परिवारलाई हेपेको महशुष गरेको बच्चन परिवारले अन्त्यमा विवाह नै रोकिदिए । अन्ततः विवाह हुने लागेको सम्बन्ध पनि टुट्यो । सन् २००२ मा उनको विवाह अभिषेक बच्चनसँग हुने लगभग पक्का भएको थियो । तर, विवाह आटेको केही दिनमा नै इनगेजमेन्ट टुटेको थियो ।
प्रतिकृया दिनुहोस्