Thursday, November 26

आयो अर्को खुशीको खबर , रौतहटको गौर नर्सिङ्ग क्याम्पसबाट ४० जना संक्रमित निको भएर डिस्चार्ज भएपछि आइसोलेसन खाली

June 21, 2020 240

रौतहट-रौतहटमा कोरोना संक्रमण मुक्त भएर थप ४० जना घर फर्किएका छन् । । योसँगै जिल्लामा कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा ३ सय ७२ पुगेको छ । जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन डाक्टर कृष्ण साहका अनुसार स्चार्ज हुनेहरुमा ३९ जना पुरुष र १ जना महिला र २ जना बालबालिकाहरु पनि रहेका छन् ।

सो आइसोलेसनमा रहेका सबै ४० जना घर फर्किपछि हाललाई सो आइसोलेसन खाली भएको छ । डिस्चार्ज गरिएका ४० जनाको हेटौडास्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको हो । आइसोलेसन अवधिभर ४० जनामध्ये कसैलाई पनि स्वास्थ्य समस्या नदेखिएपछि संक्रमणमुक्त भएर खुसी हुँदै घर फर्किएका छन् ।

उनीहरुले समाजमा गएर कोरोना भाइरससम्बन्धी जनचेतना फैलाउने कार्यमा लाग्ने बताएका छन् ।जिल्लामा शनिबारसम्म ६ सय ८६ पुरुष र ३६ महिला संक्रमितहरुको जिल्लाकै विभिन्न आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यहाँ शनिबार दिउँसो सम्ममा १ हजार ९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्