Sunday, November 29

सलहको असर : एउटा गरिब किसानका लागि यो भन्दा ठूलो पिडा के हुन्छ ? [भिडियोसहित]

June 21, 2020 229

काठमाडौ । विश्व अहिले कोरोना महामारीसँगै भोकमरीसँग पनि लड्दैछ । नेपालमा पनि यस्को असर देखिने संकेत प्रष्ट देखिएको छ । नेपालमा केही वर्षयता अमेरिकी फौजी किराले तराईमा मकैबाली र गोलभेंडालगायतका बाली नष्ट गरिरहेका बेला अर्को हानिकारक किरा प्रजाति सलह (लोकस्ट) को जोखिम बढेको छ ।

अफ्रिकी मुलुकहरू केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, डिबोटी, इथियोपिया रित्याएर इरान, पाकिस्तान हुँदै अहिले भारतसम्म सलहको प्रकोप देखिएको छ । भारतको पञ्जाब, हरियाणा, राजस्थान, गुजरात हुँदै उत्तर प्रदेशका विभिन्न भागमा सलह देखापरिसकेको समाचार आइरहेको छ । सलहले ठूलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै र मसला बालीमा सोच्नै नसक्ने गरी क्षति गरिरहेको छ ।

सलह एक प्रकारको फट्यांग्रा प्रजाति हो, तर यस्ले फौजी किराभन्दा बालीमा छिटो र कैयौं गुणा क्षति गर्न सक्ने क्षमता राख्छ । त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक प्रेमबहादुर बुढाका अनुसार गर्मी बढेपछि सलह फैलिने सम्भावना धेरै हुन्छ । उहाँका अनुसार ३०–४० डिग्रीभन्दा बढी तापक्रम भयो भने सलहको स्थानान्तरणको गति पनि बढ्छ । तर, चिसो क्षेत्रमा यसले स्थानान्तरण गर्न सक्दैन ।

संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठन (एफएओ) ले पनि कोरोनाले कृषि क्षेत्रमा ठूलो प्रभाव पार्ने आकलन गरिरहेका बेला सलहले खेती प्रणालीलाई चौपट पार्ने उल्लेख गरेको छ । एफएओले यो किरा प्रजातिको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । अफ्रिकी मुलुकहरूमा क्षति पुर्‍याएको सलहले एसियाली क्षेत्रमा पनि वि ध्वंस गर्ने विश्लेषण विशेषज्ञहरूको छ ।

यसैगरी भारतमापनि गरिब किसानहरुका लागि यो किरा अत्यन्तै ठूलो पिडा बनेर आएको छ । कयौँ किसानका खेतबाली रित्याएका तस्विरहरु बाहिर आएका छन् । यो नेपालमा पनि पुग्न सक्ने कुरामा कुनै आशंका छैन । नेपालको तराई क्षेत्रमा यस्को असर गम्भीर हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्