Saturday, December 5

अझै पुगेको छैन यी दुई जिल्लामा कोरोना

June 21, 2020 149

नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा कोरोना संक्रमण भएको छ ।आज बेलुका गण्डकी प्रदेश अन्तरगतको मुस्ताङ्ग जिल्लामा पहिलोपटक संक्रमित भेटिएसँगै जिल्लाको संख्या ७५ पुगेको हो ।

गण्डकी प्रदेशले शनिबार साँझ जारी गरेको विज्ञपतीमा मुस्ताङ्गको घरझोङ्ग गाउँपालिकाका एक ८३ वर्षिया वृद्धमा कोरोना संक्रमण भएको पुष्टी गरेको छ । उनीसँगै अन्य विभिन्न जिल्लाका ५० जनामा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका डा विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै सो प्रदेशमा संक्रमित हुने व्यक्तिको संख्या ४ सय ८८ पुगको छ ।हालसम्म कोरोना नदेखिएको जिल्लामा प्रदेश १ को ओखलढुंगा र बागमती प्रदेशको रसुवा पर्दछन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ३ सय ३१ जनालाई कोरोना पुष्टि भएको जानकारी दिइएको थियो।विभिन्न प्रयोगशालामा परीक्षणको क्रम चलिरहेकाले संक्रमितको संख्या बढ्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस्