Saturday, December 5

भर्खरै उपत्यकाबाट आयो फेरी दुखद खबर ! सबैलाई सतर्क रहन आग्रह

June 20, 2020 370

काठमाडौं : देशभर कोरोना भाइरसको संक्रमण बढिरहदा काठमाडौं उपत्यकामा पनि संक्रमित दिनप्रतिदिन बढिरहेका छन् । शनिबार उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा १ महिला र भक्तपुरमा ७ महिला गरि ८ संक्रमित थपिएका जानकारी दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिंगमा नेपालमा पछिल्लो २४ घण्टामा ४९ जना महिला र २८२ जना पुरुष गरि थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै संक्रमितको संख्या संगै ८६०५ पुगेको छ । जसमा ७५६ जना महिला र ७८४९ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १८ जना महिला र १५८ जना पुरुष गरेर १७६ जना निको भएर डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म १५७८ जनाले कोरोना जितेका छन् ।

प्रतिकृया दिनुहोस्