Friday, December 4

सुशान्तको निधनमा यीअभिनेताले गरे नयाँ खुलासा

June 20, 2020 296

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनले बलिउडमा ठूलो झट्का लागेको छ । सामाजिक सन्जालमा बलिउडका कलाकारहरुमाथि प्रहार मात्र भएको छैन, भतिजावादको विषयमा अब बहस पनि हुन थालेको छ । भारतीय अभिनेता सुशान्त सिंह राजपूतले देहत्याग गरेदेखि बलिउडकर्मी र उनका प्रशंसकहरुले उनलाई श्रद्धांजलि अर्पण गर्दै आएका छन । त्यस्तै उनको निधनले उनका परिवारजन र फ्यानहरु शोकमग्न छन। अर्कोतर्फ उनको निधनले केहि प्रश्न पनि खडा गरेको छ। यसैबीच कतिपयले बढी तनावको कुरा गरेका छन भने, कसैले भतिजावाद को मुद्दा पनि उठाएका छन।

पछिल्लो पटक सुशान्तको नि’धनलाइ लिएर केहि भारतीय कलाकारहरुले बलिउड क्षेत्रमा भएका भतिजावाद र अन्य गतिविधिको खुलासा गर्दै आइरहेका छन। यसैबीच अभिनेता समीर सोनीले सुशान्त सिंह राजपूतको सम्झना गर्दै सामाजिक संजालमा एक लामो मार्मिक स्टाटस पोस्ट गरेका छन । उनले आफ्नो त्यो पोष्टमा केहि स्तब्ध पार्ने कुरा पनि गरेको छ।

समीरले पोष्टमा लेखेका छन्:- सुशांत सिंहको अकाल निधनमा मेरो अडान स्पष्ट पार्नको लागि ( उनको आ’त्माले शान्ति पाओस ) म अत्यन्त विचलित छु किनकि मलाइ थाहछ अरु दिनमा म र अरुलाई उनको सत्तामा यसरि मर्न सजिलो हुनेछ , यी सब दबाब हरु हुन । तर यस उद्योगमा २० वर्ष भन्दा बढी पछि मैले महसुस गरें, भगवानले हामीलाई बराबरीको सृष्टि गर्नुभएन वा हामीलाई समान अवसरहरू प्रदान गर्नुभएन । चाहे यो बलिउड, राजनीति, व्यवसाय वा अन्य कुनै क्षेत्रमा होस् त्यसैले व्यक्तिगत रूपमा, म अरूलाई औंला ठडाउन चाहन्न। म कसैलाई दोष दिन मन पराउँदिन, तर कठिनाइहरूको सामना गर्नु ठीक लाग्छ। यसरी उनले आफ्नो स्टाटस टुंगाएकाछन । हाल मुम्बई प्रहरीले सुशान्तको नि’धनलाइ लिएर अनुसन्धान सुरु गरेको छ।

प्रतिकृया दिनुहोस्