Wednesday, December 2

अधुरो प्रेम बिर्सन सुशान्तले यति सम्म गरेका थिए, अंकिता लोखण्डेदेखि रिया चक्रबर्तीसम्म शुसान्तको प्रेम पलायो तर ……

June 20, 2020 251

एजेन्सी । सौम्य मुस्कान चम्किलो फिल्म करियर, शुसान्त सिंह राजपुतको साथमा सबै कुरा थियो । यसको सबुतको रुपमा बिगतका दिनहरु छन् । जसमा उनको नाम धेरै अभिनेत्रीहरुसँग जोडियो । अंकिता लोखण्डेदेखि रिया चक्रबर्तीसम्म शुसान्तको प्रेम पलायो तर सबै अधुरो रह्यो ।

अंकितासँग टुट्यो ६ वर्ष पुरानो सम्बन्ध: सन् २००९ मा आएको टिलिसिररियल ‘पवित्रा रिश्ता’ पछि अंकिता र शुसान्तको सम्बन्ध चर्चामा आएको थियो । सन् २०१६ मा दुबैले ब्रे-कअप गरेका थिए । यसै क्रममा उनले आफ्नो पुरानो याद मेटाउनको लागि आफ्नो इन्स्ट्राग्राम अकाउन्ट डिलिट गरे । जसमा अंकितासँग बिताएका पलहरुको केही तस्बिरहरु थिए । अंकितालाई शुसान्तको निधनको खबर पुग्दा उनी निशब्द भएकी थिइन् ।

रिया चक्रबर्ती सेयर गरेकी थिइन अनसीन फोटो: शुसान्त राजपुतले सन् २०२० जनावरी २१ म आफ्नो ३४ औँ जन्मदिन मनाएका थिए । उनलाई विशेष शुभकामना ‘जलेबी’ की अभिनेत्री रिया चक्रबर्तीले दिएकी थिइन् । रियाले शुसान्तको साथमा रहेको अनसीन फोटो सेयर गर्दै जन्मदिनको शुभकामना दिएकी थिइन् । तर उनीहरु दुबै जनाले आफ्नो प्रेम समबन्धको बारेमा केही पुष्टि गरेका थिएनन् । तर शुसान्तको म्यानेजरले बताए अनुसार उनीहरु बिगत एक वर्षदेखि प्रेममा थिए ।

तीन वर्ष अगाडी कृतिकासँग टाढिएका थिए: शुसान्तले केही व्यक्तिगत कारण देखाउदै कृतिका सेनसँग सन् २०१७ मा ब्रेकअप गरेका थिए । कृतिका एकदमै टिछो रिसाउने गर्छिन । त्यही कारण उनीहरुको बीचमा चिसोपन आएको थियो । उनीहरुले आफ्नो प्रेमको बारेमा लुकाउने धेरै कोशिस गरेका थिए ।

उनीहरुको प्रेम फिल्म ‘राब्ता’ को सुटिङको क्रममा बसेको थियो । कृतिकाको लागि शुसान्तले एक अन्तर्वातामा भनेका थिए–‘हामीबीचमा धेरै कुरा मिल्छ । हामी दुबै जना दिल्लीका हौँ । अर्को कुरा हामी दुबैको इन्जिनेरिङ व्याकग्राउन्ड छ । हामी चाहन्छौं । फिल्ममा आफ्नो अभिनय सतप्रतिशत गर्न सकियोस् । त्यसैले हामी नजिक भएका हौँ ।

साराको साथमा काम गर्न अस्वीकार गरेका थिए: फिल्म ‘केदारनाथड मा शुसान्तको विपरित रहेकी सारा अलि खानको नाम पनि चर्चामा रह्यो । त्यो समय उनीहरुको प्रेमसम्बन्धको खबर पनि मिडियामा धेरै आयो । तर उनीहरुले मिडियाको अगाडी नै प्रेम अस्वीकार गरे । शुसान्तले विज्ञापनमा साराको साथमा काम गर्न अस्वीकार गरेका थिए ।

प्रतिकृया दिनुहोस्