Wednesday, December 2

वैदेशिक रोजगारी खुलाउने सरकारको निर्णय, बिदामा आएकासँगै नयाँ रोजगारीमा जान पाउने…

June 20, 2020 266

वैदेशिक रोजगारीसरकारले कोरोनाको कारण रोकिएको वैदेशिक रोजगारी फेरि खुला गर्ने निर्णय गरेको छ कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसीसीएमसीको शुक्रबार बसेको बैठकले बिदामा आएकासँगै नयाँ रोजगारीमा जान दिने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदरीपकुमार ज्ञवालीले जानकारी दिनुभयो।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । अध्ययनका लागि जाने विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।

बैठकले सम्बन्धित देशको सरकार ररोजगारदाताकम्पनीले खर्च नव्यहोर्नेहरुको स्वदेश फिर्तीका लगि कार्यविधिबनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।यसअघि असार १ गते सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका,आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकको उद्धारमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यही आदेशअनुसार कस्ता श्रमिक लाई कसरी ल्याउने भनेर श्रम मन्त्रालयले कार्यविधि बनाउने काम अघि बढाइसकेको छ ।विदेशबाट ल्याइएका शव व्यवस्थापनको जिम्मा पनिश्रमलाई दिइए को छ । अन्र्तराष्ट्रिय उडान नहुँदा लामो समयदेखि विदेशमा नेपालीको शव रोकिएका छन् ।

प्रतिकृया दिनुहोस्