Tuesday, December 1

गृहमन्त्रालयले जारी गर्यो लक-डाउनको नयाँ मापदण्ड, के गर्न पाइन्छ के पाइँदैन ?

June 20, 2020 372

काठमाडौं । सरकारले लकडाउनलाई व्यवस्थित गर्न लागि नयाँ नियम बनाएको छ । आज (शुक्रवार) जारी भएको नयाँ नियममा सरकारले सर्वसाधारणहरुका लागि राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको हो ।शुक्रवार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लागेको हो ।

लकडाउन असार १ गतेदेखि खुकुलो भएसँगै यस अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीले राति हिँड्नेहरुको अनुगमन गर्ने मन्त्रालयले बताएका छ ।

त्यस्तै, मन्त्रिपरिषदको बैठकले विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरेको छ ।अब उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने भएको हो ।

हेर्नुहोस् गृहमन्त्रालयले जारी गरेको नयाँ मापदण्ड –

प्रतिकृया दिनुहोस्