Wednesday, December 2

सुशान्तको नाममा अर्की युवतीले गरिन देहत्याग

June 19, 2020 221

काठमाडौं । बलिउड अभिनेता सुशान्त राजपुतको निधन पछि भारतमा अहिले निकै हलचल मच्चिएको छ । उनका फ्यानहरु पनि निकै चिन्तित भएका छन् । फ्यानहरुले उनको निधन सहन गर्न सकेका छैनन् । एक जना फ्यानले उनको निधनको खबरसंगै आफुले पनि देहत्याग गरेका छन् । त्यो खबर सेलाउन नपाउँदै फेरी अर्की एक युवतीले पनि देहत्याग गरेकी छन् । देहत्याग गर्ने २० वर्षकी युवती रहेको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।

आफ्नी भाउजुलाई म सुशान्त जस्तै निर्णय गर्दैछु भन्दै ति युवतीले घटना हुनु अघि सुनाएकी थिइन् । तर परिवारका सदस्यले उनको त्यो कुरालाई विश्वास गरेनन् । नभन्दै ति युवतीले त्यस्तो निर्णय गरेपछि परिवार शोकमा डुवेको छ । नन्दले त्यसो भनेपछि भाउजुले उनको कुरा विश्वास नगरेर दाई र आमालाई तिमीले यस्तो कुरा गरेको भनिदिन्छु, तिमी आजकल धेरै बोल्न थालेकी छौं भनेर हप्काएकी थिइन् । युवतीका भाईले घटना पछि प्रहरी समक्ष दिएको बयानमा यस्तो भनेका छन् ।

भाउजुले गा ली गरेपछि युवतीले पनि आफूले ठट्टा मात्र गरिरहेको भन्दै उनी हाँसेर त्यहाँबाट गएकी थिइन् ।’ तर परिवारका सदस्य आफ्नो काममा ब्यस्त भएको मौका पारेर उनले देहत्याग गरेको समाचारमा जनाइएको छ । उनले घरको छतमा गएर पा सो लगाएकी थिइन् ।
यस्तै बुधबार पनि सुशान्तको निधनको खबरले दुखी बनेका एक बालकले यस्तै निर्णय गरेको समाचार प्रकाशन भएको थियो । उनले त्यस्तो निर्णय गर्नु अघि नोट पनि छोडेका थिए । जसमा सुशान्तले यस्तो निर्णय गर्न हुन्छ भने मैले किन हुँदैन भनेर लेखेका थिए ।

प्रतिकृया दिनुहोस्