Tuesday, December 1

सुशान्तका कारण निशानमा परेका करण जोहरले पनि तो’डे सबैसंग सम्बन्ध, उठाए यस्तो कदम

June 19, 2020 420

एजेन्सी । बलिउड नायक सुशान्त सिंह राजपूतको निधन पछि अहिले भारतीय फिल्म क्षेत्रमा निकै ठूलो तरंग आएको छ । वलिउडमा परिवारवादका कारण निकै राम्रा कलाकारले स्थान नपाउने र उनीहरुले अरुलाई आउन पनि नदिने भएका कारण सुशान्त जस्ता राम्रा कलाकारले यस्तो वाटो अपनाउने गरेको वहस सुरु भएको छ । भारतमा अहिले चर्चीत अभिनेता र अभिनेत्रीहरुको फिल्म वहिष्कार अभियान सुरु गरेका छन् ।

ति मध्य सबैभन्दा बढी ता’रो बनाइएका छन् फिल्म निर्माता करण जोहर । फिल्म निर्माताहरुले राम्रो कलाकारलाई भन्दा पनि आफ्नालाई फिल्म दिने गरेको भन्दै फिल्म निर्मातामाथि रि’स पोखिरहेका छन् । यतिबेला परिवारवाद र नातावादको विषयमा सबैभन्दा धेरै रि’स बलिउड निर्माता करण जोहरमाथि पोखिएको छ । सामाजिक सञ्जालमा करण वि’रुद्ध अभियान सुरु भएको छ । ट्वीटरमा ‘अनफलो करण जोहर’ ट्रेन्ड सुरु भएको छ । जसमा लाखौंले सहभागीता पनि जनाइरहेका छन् । तर करणले पनि त्यस्ता अभियन्तालाई उस्तै तरिकाले जवाफ दिएका छन् ।

करण जोहरले सुशान्त सिंह राजपूतको निधनपछि सोसल मिडियामा मानिसहरुको अत्यधिक रि’सको सामना गरिरहेका निर्माता हुन् । उनी विरुद्ध सामाजिक सञ्जालमा वहिष्कार अभियान सुरु भएपछि उनले सामाजिक सञ्जालमा धेरैलाई अनफलो गरिदिएका छन् । सामाजिक सञ्जालमा खनिने मात्र होइन उनी लगायत ८ कलाकार विरुद्ध अदालतमा मु’द्दा पनि परेको छ । तर अब करण जोहरले पनि यी रि’समाथि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले माइ’क्रोब्ल’गिङ सा’इटमा थुप्रै अकाउन्ट अनफलो गरिदिएका छन् ।

उनी सामाजिक सञ्जालमा निकै सकृय हुने निर्माता हुन् । धेरैलाई सामाजिक सञ्जालमा फलो गर्छन । अहिले भने उनले सबैलाई अनफलो गरिदिएका छन् । अहिले उनको फलोअर लिष्टमा ८ जना मात्र छन् । उनले फलो गरेकामध्ये चारजना सेलिब्रिटी छन् । उनले छोरी भन्ने गरेका आलिया भट्टसंग पनि उनले सम्बन्ध तो’डिदिएका छन् । उनलाई पनि अनफलो गरेका छन् ।

साथै वरुण धवन र सिद्धार्थ मल्होत्रा जस्ता मिल्ने साथीलाई पनि उनले हटाइदिएका छन् । यसका साथै करणले आफ्नो निकै मिल्ने साथी काजोल र अन्य थुप्रै सेलिब्रिटीसंग सामाजिक सञ्जालमा सम्बन्ध तो’डेका छन् । अन्य आठ अकाउन्टमध्ये चार उनको प्रोडक्सन हाउस धर्माको हो र अन्य चारमा शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन र प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।

प्रतिकृया दिनुहोस्