Saturday, December 5

सुशाान्त तिमीले किन यति छिट्टै हार्यौँ, तिम्लेभन्दा मैले बढी दुख र संघर्ष गरेपनि जीवनबाट हारेको छैन भन्दै भक्कानिइन् नेहा कक्कड

June 18, 2020 311

एजेन्सी । बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा सुशान्त सिंह प्रकरणले धेरै बोलेको छ ।
जमेका र स्थापित कलाकारहरुले आफ्ना मान्छे, भाई भारदारहरुलाई मात्रै बनाउन खोज्दा प्रतिभावान् ब्यक्तिहरु ओझेलमा परेको भारतीय मिडियाहरुले जस्ताको त्यस्तै छापिरहेका बेला बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिँदै सुशान्तलाई स्मरण गरेकी छिन् ।

नेहाले इस्टाग्राममा आफ्नो विगत सम्झिँदो भनेकी छिन् तिमीले भन्दा बढी दुख र संघर्ष मैले गरेकी छु तर पनि जीवनबाट हारिन, तिमीले किन हार्‍यौं ? संघर्षको समयमा नेहाले रेल वे स्टेशन, सडकदेखि मन्दिरसम्म धाएर गीत गाएर जीवन गुजारा चलाएको स्मरण गर्दै नेहाले भनेकी छिन् हरेक मानिसको जीवनमा अप्ठ्यारो परिस्थिती आउँछ नै तर हिम्मत भने हार्नु हुँदैन ।

प्रतिकृया दिनुहोस्