Wednesday, December 2

गुल्मीमा नाबालकसहित ५९ जना कोरोना सङ्क्रमित

June 17, 2020 177

काठमाडौं । गुल्मीमा एक वर्षका नाबालकसहित कोरोनाबाट सङ्क्रमित ५९ जना पुगेका छन् । कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुने ६० पुग्न लागेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिनुभयो ।

इस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीयमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी गत २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वारेन्टिनमा बसिरहेका छन् । नाबालकमा कोरोना सङक्रमण पुष्टि भए पनि आमाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो । नाबालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबाार आमाको समेत स्वाब निकालेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने इस्मा गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताउनुभयो ।

गत दुई साताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वारेन्टिनमा राखेको थियो । उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।जिल्लामा भारतबाट आएका तीन हजार ९२१ व्यक्ति क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।
अर्घाखाँचीमा चारले जिते कोरोना

अर्घाखाँची– अर्घाखाँचीमा चार कोरोना सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा सबैभन्दा पहिले सङ्क्रमित भएका पाणिनी गाउँपालिका–८ का दुई जना कोरोना जितेर घर फर्किएको तथा दुईलाई आइशोलेसनमा बस्ने समय नपुगेकाले घर नपठाइएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताउनुभयो ।उनीहरुलाई जिल्ला अस्पतालका प्रमुख डा कपिल गौतम र सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बिदाइ गर्नुभएको थियो । पाणिनि गाउँपालिका वडा नम्बर ८ का दुई तथा छत्रदेव गाउँपालिका र शीतगङ्गा नगरपालिकाका एकएक गरी चार जनाले कोरोना जितेका हुन् ।

प्रतिकृया दिनुहोस्