Thursday, November 26

सुशान्तको नि’धनको खबर सुनेपछि उनका ५ वर्षका भान्जाले जब यसो भने …..

June 17, 2020 257

असार-३, चितवन । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको असामयिक नि’ध’नले अहिले बलिउड शो’कमा छ । उनको दे’ह’त्या’गको विषयलाई लिएर वलिउडमा एउटा वहस पनि सुरु भएको छ । बलिउडमा भएको परिवारवाद र अन्य क्षेत्रवाट आएकाहरुलाई गरिने भे’दभा’वका कारण सुशान्तले यस्तो निर्णय गरेको वहस चलेको छ । सुशान्तले ७ महिनामा हातवाट ६ वटा फिल्म गुमाएका थिए । परिवारमा कुनै पनि सदस्य फिल्म क्षेत्रको थिएन । उनी आफनो परिश्रमवाट उचाई हासिल गरेका कलाकार थिए । ३४ वर्षको कलिलै उमेरमा भएको नि’ध’नले धेरैलाई स्त ब्ध पारेको छ।

उनको नि’ध’नको खबरले सुशान्तको वुवा बे’होस अवस्थामा छन् भने भाउजुले नि’ध’नको खबर सहन गर्न नसकेर नि’ध’न भएको छ । उनका एक प्रशंसकले पनि दे’ह’त्याग गरेका छन् । उनका फ्यानलाई त यति धेरै पी’डा दिएको छ भने परिवारका सदस्यहरुलाई परेको चो’टका बारेमा अनुमान लगाउन पनि कठिन हुन्छ ।

सुशान्तका परिवारका सदस्य मध्य बहिनी श्वेता सिंह किर्ति अमेरिकामा बस्छिन् । उनका एक ५ वर्षका छोरा छन् । छोरा जियाले आफ्नो मामाको नि’ध’न भएको खबर सुनेपछि निकै अनौठो प्रतिकृया दिएका छन् । ५ वर्षको बच्चाले दिएको त्यस्तो प्रतिकृयाले निर्वाणको आमालाई पनि साहस दिएको छ । उनले आफ्नो छोरा निर्वाणले दिएको प्रतिकृया सामाजिक सञ्जालमा पोष्ट गर्दै अरुलाई पनि सकारात्मक सन्देश दिएकी छन् ।

जव किर्तिले निर्वाणलाई उनको मामा अब यो संसारमा नभएको कुरा सुनाइन् अनि तत्काल निर्वाणले भने, ‘तर उहाँ तपाईको मनमा जीवित हुनुहुन्छ।’ छोराको यस्तो प्रतिक्रिया सुनेर उनले तत्काल उनलाई दिने जवाफ थाहा पाउन सकिनन् । त्यसैले केही बोलिनन् । तर उनले अहिले भने आफ्नो मन बुझाउँदै सुशान्तका फ्यानका लागि मार्मीक स्टाटस लेखेकी छन् । उनले सामाजिक सञ्जालमार्फत छोराको प्रतिक्रिया शेयर गर्दै सबै फ्यान तथा साथीभाइलाई दह्रो मन बनाउन आग्रह गरेकी छिन्।

सोमबार राती श्वेताले फेसबुकमा लेखेकी छिन्, ‘जब मैले निर्वाणलाई मामा अब रहनुभएन भन्ने खबर दिए, त्यसपछि उने भने ‘तर उहाँ तपाइाको मनमा जीवित हुनुहुन्छ।’ उनले त्यो कुरा तिन पटक सम्म भनेका थिए । आमाले कुनै प्रतिकृया नदिएपछि निर्वाणले तीन पटक सम्म त्यो कुरा भनेका थिए । उनले अगाडी लेखेकी छन्, जब ५ वर्षको बच्चा यसरी कुरा गर्न सक्छ भने सोच्नुहोस् हामी सबै कति दह्रो हुनुपर्छ। सबै बलियो रहनस् । खास गरी सुशान्तका फ्यान । कृपया बुझिदिनुस् उनी हाम्रो मनमा रहन्छन् र सधैँ रहनेछन् । कृपया यस्तो केही नगरिदिनुस् जसबाट उनको आ’त्मालाई दुख होस् ।अभिनेता सुशान्त आइतबार मुम्बईको बान्द्रा स्थित आफ्नै घरमा झु ण्डि’एको अवस्थामा फेला परेका थिए। उनको सोमबार मुम्बईको विले पार्ले स्थित सेवा समाज श्म’शा’न घा’टमा अन्तिम सं स्कार गरिएको थियो।

प्रतिकृया दिनुहोस्