Friday, December 4

सुशान्तको बुबाको रोदन : “बुबा र आमा दुबैको माया दिएर हुर्काएको थिए, किन यस्तो गरिस”

June 17, 2020 202

बुधबार मुम्बई प्रहरीले सुशान्त सिंह राजपुतको नजिकको साथी र परिवारलाई भेटेको छ ।उनको मृत्युको बारेमा बयान लिनलाई मुम्बइ पुलिस सुशान्तको ब्रान्द्रा अपार्टमेन्टमा पुगेको हो ।“मुम्बई प्रहरीले बुधबार सुशान्तकका बुबा अर्थात के के सिंहलाई भेटेर बयान लिएको हो ।

प्रहरीसँगको बयानमा उनले भने, “३ दिन अगाडीमात्र मलाई फोन गरेको थियो ।मेरोबारेमा खुब चिन्ता व्यक्त्त गर्दै घर बाहिर ननिस्कन, मास्कको प्रयोग गर्न तथा समयमा खान खानु सुझाब दिएको थियो ।मेरो सहयोगीसँग पनि धेरै कुरा गरेको थियो ।बुबालाई केयर गर्न टाइममा दबाई औषधी खान दिन र बाहिरफेर हिड्न नदिन आग्रह गरेको थियो ।मेरो छोरा यसरी लो भएको छ भन्ने कुरा मलाई थाहा नै भएन ।”उस्लाई त्यस्तो केहि परेको भए म सहयोग गर्थे, ४ जना दिदी बहिनी सहित पुरा परिवार नै उस्को साथ थियौं ।

उस्को आमा नभए नि मैले आमा र बुबा दुबैको माया दिएर हुर्काएको थिए ।पुरा परिवारको साथ थियो । खै किन यस्तो गर्यो म जानु पर्ने बेलामा मेरो छोरा गयो ।पुलिसले सुशान्तको मेनेजर सिदार्थ पिठानीसँग पनि कुरा गरेको छ ।पुलिसको सुशान्तको आर्थिक अवस्था, नाफा र हाल उनीसँग रहेका फील्महरुको बारेमा बुझ्नेछ ।पुलिसले बलिउडमा काम नपाएर या परिवारवाद हावी भएर त्यस्तो भएको हो कि भनेर पनि अनुसन्धान गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्