Sunday, November 29

कोरोनावाट निधन भएकाको शव व्यवस्थापनमा खटिएका नेपाली सैनिकमा पनि कोरोना पुष्टि

June 17, 2020 203

काठमाडौँ, ३ असार । दाङमा एक जना नेपाली सैनिकलाई कोरोनाभाइरस पुष्टि भएको छ । उनलाई स्वास्थ्य मन्त्रालयले सोमवार गरेको पत्रकार सम्मेलनमा कोरोना पुष्टि भएको जनाएको थियो ।

ताप्लेजुङ घर भएका उनी घोराहीमा कार्यरत छन् । बेलझुण्डी कोरोना विशेष अस्पतालका अनुसार ३३ वर्षीय ति सेनालाई सोमाबार पुष्टि भएको जनाएको छ । उनलाई कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा कोरोना फैलिएको जनाइएको छ ।

त्यस्तै, जिल्लामा एक जना २० वर्षीया गर्भवती महिलामा पनि कोरोना पुष्टि भएको छ । बंगलाचुली गाउँपािलका वडा नं। ६ की ति महिला जेठ १३ गते भारतबाट आएकी थिइन् ।

गुल्मीमा आठ महिने शिशुसहित १० जनामा बुधबार कोरोना पुष्टि भएको छ । बुधवार गपिएका संक्रमितसंगै गुल्मीमा संक्रमितको संख्या ५८ पुगेको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जनामा देखिएको हो ।

रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष छन् । वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना पुष्टी भएको हो ।

वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा सं’क्रम’ण पुष्टि भएको हो । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना पुष्टि भएको हो । सत्यवती गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्