Thursday, November 26

अबदेखि काठमाडौ भित्रिने र बाहिरिनेलाई यस्तो छ नयाँ नियम(भिडियो)

June 16, 2020 730

काठमाडौं । लकडाउन खुकुलाे भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिनका लागि सवारी पासकाे सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । मन्त्रिपरिषदको गत जेठ २८ गतेको निर्णय र गृहमन्त्रालयको जेठ ३० गतेको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

गत चैत्र ११ गतेदेखि बन्द भएको लकडाउन आजदेखि आंशिक रुपमा खुलेकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन र नागरिकको जीवनयापन सहज गराउन भन्दै आजदेखि लकडाउन आंशिक रुपमा खोल्ने निर्णय गरेको थियो ।

काठमाडौँमा सरकारले गत शुक्रबार देखि नै जोर बिजोर प्रणालीमा सवारी चलाउन दिइसकेकाे छ । आजदेखि विभिन्न कार्यालयहरु पनि खुल्दै छन् । आजदेखि खुल्ने कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुँदैछन् । बैक, वित्तीय संस्था, सहकारी, बीमा सेवा पनि आजबाट खुल्दैछन् ।

हेर्नुहोस –

प्रतिकृया दिनुहोस्