Wednesday, December 2

अदालतमा आफ्नो प्रेमको बरेमा बोलिन सुष्मा, ६ जनाको ह’त्या बारे दीइन कसैले नसोचेको बयान !

June 16, 2020 2974

रूकुमको चौरजहारीमा जेठ १० गते भएको सामुहिक ह त्याबारे मृतक नवराज बिककी प्रेमिकाले नवराज र उनका साथीहरूलाई आफ्ना बुवा र दाइसमेतले घेरा हालेर कु’टीकु’टी मारेहोलान् भन्ने विश्वास आफूलाई भएको बयान दिएकी छन्। उनले जेठ २७ गते प्रहरीलाई दिएको बयानमा नवराजको मृ त्यु भएको कुरा भने आफूले अर्को दिनमात्र थाहा पाएको बताएकी छन्।

‘सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरूसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृ त्यु भएको सुनें,’ उनले भनेकी छन्, ‘पछि बुझ्दा मेरा बुवा, दाइसमेतले नवराजसमेतलाई ल’खेट्दै घेरा हाल्दै घटनास्थल पुर्‍याई कु’टपि’ट गरी मा’रेको पूर्ण विश्वास लाग्छ।’ नवराजसँग २०७५फागुनदेखि फेसबुकमा चिनजान भएको र त्यसपछि कुराकानी र भेटघाट भइनै रहेको उनले बताएकी छन्। नवराजले आफूसँग विवाह गरौं भनिराखे पनि आफूले उमेर सानै छ भन्दै आएको बयान पनि उनले प्रहरीलाई दिएकी छन्।

‘फोनमा मलाई विवाह गरौं भन्ने कुरा गर्थ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ,’ उनले भनेकी छन्। नवराज घटना हुनुअघि पनि दुई-चार पटक आफ्नो गाउँमा आएको बताएकी छन्। ‘केही समयअघि (मिति सम्झिन नसकेको) नवराज आफ्नो गाउँमा आएका बेला बुवाआमाले सम्झाएर घर पठाइदिनु भएको हो,’ उनको बयानमा उल्लेख छ, ‘२०७७ साल वैशाख १७ गते राति ८-९ बजे नवराजले अन्य २ जना साथीलाई ल्याई मेरो घरनजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाएर वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरू भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाइ छोडेका थिए।’

त्यसपछि उनले नवराजलाई फेसबुकमा ब्लक गरेको र भाइको मोबाइलबाट म्यासेजमार्फत कुराकानी हुने गरेको बताएकी छन्। उनको बयान अनुसार, घटनाको दिन नवराजले केटाहरू ल्याएर आउँदै छन् भन्ने कुरा उनलाई थाहा थिएन। ‘मलाई थाहा थिएन, मेरो बहिनी नाता पर्नेसँग नवराजले लकडाउन खुलेपछि मलाई लिन केटाहरू लिएर आउँछु भनेको रहेछ,’ बयानमा भनेकी छन्, ‘यो कुरा बहिनीले मेरी आमालाई भनेकी रहेछ। आमाले मलाई जेठ २ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएँ।’ जेठ १० गते टिभी हेरिरहेका बेला घरनजिक नवराजसहित अरू केटाहरू आएको आमामार्फत् नै थाहा पाएको उनको बयानमा उल्लेख छ।

‘आमाले गा ली गरेर पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरू जम्मा भएका थिए,’ उनले भनेकी छन्, ‘तर मैले केटाहरूलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिन दिउँसो के कसो भयो मलाई थाहा छैन।’ श्रोत सेतो पाटि

प्रतिकृया दिनुहोस्