Wednesday, December 2

पानीमा रुझ्दै आफ्नो प्रिय साथी अभिनेता सुशान्त सिंह राजपुतलाई बिदाई गर्न आइपुगे बलिउड सेलिब्रेटी

June 15, 2020 241

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम बिदाईको तयारी भइरहेको छ ।मुम्बइमा यतिबेला पानी परिरहेको छ ।आफ्नो साथीलाई अन्तिम बिदाई गर्न र उनको परिवारलाई सान्तवना दिन बलिउडका सेलिब्रेटीहरु उनको घर ब्रान्द्रा अपार्टमेन्टमा आइपुगेका छन् ।उनको फिल्म ‘छिचोरे’मा उनले आ त्मह त्या गर्नु हुदैन भनेर सन्देश दिएका थिए ।

“मैले छोरालाई भनेको थिएँ कि जुन दिन तेरो छनौट हुन्छ, बुबा र छोरा बसेर उत्सव (celebrate) मनाऊँला । तर यो त भनेकै थिएन कि यदि छनौट भएन भने के गर्ने ।हामी सबै गलत गर्दैछौं । सफलता पछिको योजना त सबै सँग हुन्छ, तर यदि गल्तीले असफल भई हालियो भने, विफलतासँग कसरी व्यवहार गर्ने कसैले यसबारे कुरा नै गर्न चाहँदैन ।

छोरा, राम्रो अंकहरू ल्यायौभने, यो कलेजमा भर्ना पाईनेछ, यो कोर्स गर्यौ भने, यो रोजगार पाईनेछ ।अरे यार, १० लाख विद्यार्थिहरू परीक्षामा बस्छन्, त्यसमध्ये १० हजार मात्र छानिएका हुन्छन्, बाँकीका ९लाख ९० हजार बच्चाहरु ? तिनीहरूलाई थाहा नै छैन कि अब के गर्ने ?

किनकि यसबारे कहिले उनीहरूले तयारी नै गरेनन् । उनीहरूलाई लाग्छ कि उनीहरू परीक्षामा होइन जीवनमा असफल भई रहेका छन् ।परीक्षाको नतीजाले निर्णय (decide) गर्दैन कि हामी बिजेता हौं कि हरुवा हौं । यो निर्णय त कोशिश (try) ले गर्दछ कि हामीले कोशिश कत्तिको गरेछौं वा गर्यौं कि गरेनौं ।”उनको फिल्मको यो डाइलगलाई बिर्सदै उनले यो कदम चाले ।

प्रतिकृया दिनुहोस्