Wednesday, March 3

प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै आँसु झारे (भिडियोसहित)

February 5, 2021 107

काठमाडौँ / नेकपा ओली समूहले आज काठमाण्डौमा बृहत जनसभा आयोजना गरेको छ । सो सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् । आज नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए । गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए । उनले त्यसपछि भने ,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे ।

उनले गला अवरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो ।’ उनले चिसोले आँसु आएको भने । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए । सभामा पार्वती रावल, ईश्वर पोखरेल, सत्यनारायण मण्डल र रामबहादुर थापाले सम्बोधन गरेका छन् ।

प्रतिकृया दिनुहोस्