Wednesday, December 2

एक्लो छोरालाई अन्तिम बिदाई गर्न बिहारबाट मुम्बई आए सुशान्तका बुबा….

June 15, 2020 201

अल्पायुमै ज्यान गुमाएका बलिउड अभिनेता सुशान्तको अन्तिम संस्कार गर्न उनका बाबु मुम्बई आइपुगेका छन् । सुशान्तको बुबा के के सिंह राजपुत छोराको अन्तिम संस्कार गर्नको लागि बिहारको पटनाबाट मुम्बई आएको भारतीय संचारमाध्यम पिंकभिल्लाले बताएको छ ।

उनी छोरी र ज्वाइको साथमा मुम्बइ एयरपोर्टबाट बाहिर निस्कदै गरेको फोटो सार्वजनिक भएको हो । के के सिंह राजपुतका ४ सन्तानमध्ये सुशान्त एक्ला छोरा हुन् । सुशान्ताका ३ जना दिदीबहिनीहरु रहेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आ त्मह त्याको खबरले दर्शक, मिडियादेखि बलिउडसम्म स्त ब्ध छ । मुम्बाई प्रहरीले उनको आ त्मह त्याबारे छानबिन गरिरहेको छ ।

तर, मुम्बाई प्रहरीले छानबिनका क्रममा घटना स्थलबाट कुनै सु साइड नोट नभेटिएको बताएका छन् । जसका कारण सुशान्तको आ त्मह त्या एक रहस्य नै बनिरहेको छ । उनको मृत्युको खबर सुनेपछि बेहोस बनेका बुबालाई सम्हालेर ल्याइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्