Wednesday, December 2

काठमाडौं र ललितपुर सहित देश भरी थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ६२११ पुग्यो

June 15, 2020 217

काठमान्डौ । नेपालमा पछिलो २४ घन्टामा थप ४५१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको उनले बताए । प्रबक्ता देवकोटाका अनुसार पछिलो २४ घन्टामा ६७ जना कोरोना जितेर घर फर्किएको उनले बताए ।आज सम्म कोरोनालाई जित्ने १०४१ जना रहेका छन ।

आज कोरोना पुष्टि भएकाहरु दैलेख , सुर्खेत , रोल्पा , काठमान्डौ , कैलाली , रौतहट , धादीङ्ग , ललितपुर , बारा , गुल्मी ,पाल्पा , रुपन्देही , सर्लाही , मोरङ , पर्सा , रौतहट , तनहु , अछाम , कैलाली , डोटी , बाके , बर्दिया , प्युठान , महोत्तरी , धनुषा , नुवाकोट , अर्घाखाची , चितवन , गुल्मी , सुनसरी , झापाका छन् ।

प्रतिकृया दिनुहोस्