Monday, November 30

सधैका लागि अधुरै रह्यो बुहारी भित्राउने सुशान्तको बुबाको सपना, बेहोस अवस्थामा छन् उनि !

June 15, 2020 244

बलिउड अभिनेता सुशान्त सिंह राजपूत अब हामीबीच रहेनन् यो खबर जतिले सुने सबै चकित परे । भारतीय टिभी सिरियल्समा आफ्नो अभिनयको जादु देखाएपछि फिल्ममार्फत् मानिसहरुको मनमा घर बनाएका अभिनेता सुशान्त सिंह राजपूतको मृत शरीर आइतबार उनको घरमा भेटियो ।

मुम्बईको बान्द्रा इलाकामा उनी भाडाको फ्ल्याटमा बस्दथे, त्यहि फ्ल्याटबाट उनको मृत शरीर बाहिर निकालियो । प्रहरीका अनुसार सुशान्तले देहत्याग गरेका छन् । तर यसको कारण अहिलेसम्म सार्वजनिक भएको छैन । यद्यपि, उनी पछिल्लो ६ महिनादेखि डि प्रेशनसँग जुधिरहेको बताइन्छ ।

सुशान्तको मुम्बईमा आफ्नै फ्ल्याट पनि थियो तर उनी ठूलो घरमा बस्न चाहन्थे त्यसैले आठ महिना अघि उनी भाडामा फ्ल्याटमा बसिरहेका थिए ।

उनी उक्त फ्ल्याटमा एक्लै बस्दैनथे । उनीसँग उनका क्रिएटिभ म्यानेजर, उनका एक साथी र घरेलु सहयोगी बस्दथे । उक्त घरमा बस्ने कुनै पनि सदस्यले आइतबार बिहान अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम बिहान होला भनेर सोचेका थिएनन् । सुशान्तको मृ त्युको खबर सार्वजनिक हुने बित्तिकै सोसल मिडियामा प्रशंसकले आफ्नो निराशा व्यक्त गरेका छन् । मानिसहरु हिन्दी सिनेमाका उदीयमान कलाकारको अचानक मृ त्यु हुँदा हैरान छन् ।

सानो पर्दाबाट करियरको सुरुवात गर्ने सुशान्तका थुप्रै सपना थिए । यहि सपनाले सुशान्तलाई फिल्ममा पनि ल्यायो । सुशान्तले धोनी, काए पो छे, पीके, केदारनाथ, छिछोरेजस्ता थुप्रै फिल्ममा काम गरेका थिए । आइतबार आ त्मह त्या गरेका बलिउड अभिनेता सुशान्त सिंहले पाँच दिन पहिले मात्र मलहिडामा रहेको आफ्ना परिवारका अन्य सदस्यसँग लामो समय फोनमा कुराकानी गरेका थिए ।

सुशान्त सिंह राजपूतका घरेलु सहयोगीले प्रहरीलाई उनीबारे जानकारी दिएका छन् । उनले भने, ‘बिहानसम्म सबै कुरा ठिक थियो । बिहान साढे ६ बजे सुशान्त सिंह सुतेर उठेका थिए । मेलै उनलाई बिहान ९ बजे अनारको जुस दिएँ उनले त्यो पिए पनि । त्यसपछि सुशान्तले ९ बजे नै आफ्नी बहिनीसँग कुराकानी गरे । बहिनीपछि उनले आफ्ना साथी महेश शेट्टीसँग पनि कुरा गरे । महेश शेट्टी अभिनेता हुन् र उनले नै सुशान्तलाई आफ्नो अभिनय करियरको सुरुवात गराएका थिए ।’

‘उनीहरु एकसाथ एकता कपुरको शो ‘किस देश मे होगा मेरा दिल’ मा देखिएका थिए । यी दुई निकै राम्रा साथी थिए र सुशान्तले अन्तिम पटक उनलाई नै फोन गरेका थिए । त्यसपछि उनी आफ्नो कोठामा गए, ढोका भित्रबाट बन्द गरिदिए । जब १० बजे खाना बारे सोध्न गएँ तब उनले ढोका खोलेनन् ।’

‘त्यसको दुई तीन घण्टापछि म्यानेजरले सुशान्तकी बहिनीलाई फोन गरे । त्यसपछि बहिनी आइन् र चाबी बनाउने व्यक्तिलाई बोलाएर ढोका खोलियो । त्यसपछि जो दृश्य हामीले देख्यौं, हामी स्तब्ध भयौं ।’

उनी पछिल्लो समय मोडल रिहा चक्रवतीसँग सम्बन्धमा रहेका थिए । उनीहरु बीचमा बिहेको कुरा चलेकाे हल्ला भएपनि उनीहरुले औपचारिक रुपमा उक्त्त कुरा खुलाएका थिएन्न । बलिउडका पापाराजीले केहि समय अगाडी सुशान्त र रिहालाई सँगै भेटेको थियो । तर सुशान्तले केहि प्रतिक्रिया दिन मानेन्न र गाडीमा चढेर आफ्नो घर गएका थिए । उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्यो फोनमा सबैलाई घरमा आएर बद्रीनाथ लिएर जाने बताएका थिए ।

उनले ठूलीआमालाई पनि यो वाचा गरेका थिए । आइतबार उनकी ठूली आमाले यो समाचार थाहा पाएपछि बारम्बार आफूले ठूलो सपना गुमाएको बताउँदै रोएकी थिइन् । पन्ना सिंहका अनुसार सुशान्तको विवाह यही नोभेम्बरमा हुँदै थियो । बिवाहको कुरा आएपछि सुशान्तको परिवार खुसि थियो र साथै बिस्तारै तयारीमा जुट्ने तरखरमा थिए । अचानक यस्तो दुखद खबर सुनेपछि सुशान्तका पिता बेहोस भएर ढलेका थिए भने उनलाई ४ जना छोरीहरुले सम्हालेका थिए । छोराको बिहे गरि बुहारी भित्र्याउन खुसि भएका पिताको सपनामा अब सधैका लागि त्यो सपना अब अधुरो रहेको छ ।

प्रतिकृया दिनुहोस्