Saturday, December 5

सुशान्तको ह’त्या भएको आशंका, काकाले गरे खुलासा (भिडियो सहित)

June 15, 2020 436

एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ’त्मह’त्या गरेकाे खबरले सिंगाे कला क्षेत्र शाेकमा डुबेकाे छ । यता राजपुतका काकाले सुशान्तले आ त्माह त्या गर्न नसक्ने बताएका छन् । भारतीय संचारमाध्यम इन्डिया टिभीका अनुशार उनले यो खबर झुट रहेको बताएका हुन् ।

“सुशान्त सु साइडको बिरुद्धमा बोल्ने मान्छे हो, उस्ले यस्तो काम गर्न नै सक्दैन पुलिसले यो केशलाई गम्भीरता पुर्वक लिएर छानबिन गरोस ।” यो खबर सुनेपछि उनको बुवा बेहोस अवस्थामा छन् भने ४ जना दिदीहरुले उनको लासलाई हेरेर रुदै बसेका छन् । काकाकाे कुराले याे घटनालाइ अझै रहस्मय रहेकाे देखाएकाे छ ।आ’त्मह’त्या गर्नु हुन्न भन्ने संदेश दिने चलचित्रमा अभिनय गरेका राजपुतले स्वयमले आ’त्माह’त्या गर्न नसक्ने उनकाे दावी छ ।

सुशान्तकाे फ्लाइटमा प्रहरीले कुनै नोट नभेटेको बताएको छ । उनका साथीहरुले ढोका ढ्कढ्काउँदा नखोलेपछि ढोका फु’टाएर हेरेको बताइएको छ । उनी सामाजिक सञ्जालमा निकै सकृय थिए । सामाजिक सञ्जालमा उनले पोष्ट गरेका स्टाटस र सामग्रीले उनी कुनै मा नसिक त’नावमा थिए भन्ने आकलन गर्न सकिन्छ ।

उनी एक्लोपनको सि’कार पनि भएका थिए । उनले सामाजिक सञ्जालमा निकै भावुक स्टाटस लेखेको देख्न सकिन्छ । उनले आफ्नो जिवनको अन्तिम पलमा लेखेको एउटा कविताले उनमा निरासा थियो भन्न सकिन्छ । उनले यस्तो लेखेका थिए । धमिलो भएको विगत आँ’सुको थोपा बन्दै उडिरहेछ, असीम सपनाहरु छन् जसले मुस्कानलाई आकार दिइरहेका छन्, यो क्षणभरको जीवनले आँ’शु र मुस्कानबीच मोलतोल गरिरहेछ ।

यो नै अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम कविता थियो । कवितावाट उनको मनमा केही कुरा चलिरहेको छ भन्ने बुझ्न सकिन्छ । उनी जिवनको दुईवाटोमा थिए । मुस्कान रोज्ने की आँ’शु ? गत बुधवार इन्स्टाग्राममा पोस्ट गरेको उनको यो भावनामा धेरै कमेन्ट आएका छन् । उनले आफ्नी आमाको तस्बिर पोष्ट गर्दै कविताका यि दुई लाइन कोरेका थिए ।

जसमा आमा र आफ्ना तस्बिर थिए । उनले ति तस्बिर पनि श्यामश्वेतमा राखेका थिए । ह्या’सट्या’गमा लेखेका छन् ‘माँ’ लेख्दै सार्वजनिक गरेका यि कविता र उनले राखेका तस्बिरले उनी आमाको यादमा थिए भन्ने पनि बुझ्न सकिन्छ ।

सुशान्तकी आमाको सन् २००२ मा निधन भएको हो। उनले १६ वर्षको उमेरमा नै आमा गुमाएका थिए । आफ्नो प्रेम जिवनमा पनि असफ भएका उनी ए’क्लोपन महशुष गर्दै थिए भन्ने अनुमान लगाउन सकिन्छ । उनले लगातार आफ्नाी आमाको तस्बिर सार्वजनिक गर्दै स्टाटस लेखिरहेका थिए ।

यस अघि पनि उनले यस्तै भाव’नात्मक कविता लेखेर आमालाई सम्झिएका थिए । ‘तिमी छँदा म पनि थिएँ, अब त म स्वयं पनि सम्झनामा मात्र छु, छायाँजस्तै‘ उनको यो कवितामा निकै ग’हिरो अर्थ लुकेको छ । अहिले उनी छाँया बनिसकेका छन् ।

सुशान्त सिंह राजपुत (जन्म १९८६ २१ जनवरी पटना, बिहार, भारत) एक भारतीय टिभि तथा हिन्दी चलचित्र अभिनेता हुन । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला पवित्र रिश्ता बाट निकै लोकप्रिय बन्न पुगे । सुशान्तर ब्याकअप डान्सरका रुपमा बलिउडमा करिअर सुरु गरेका थिए।

टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाए । उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिनिती चोपडासँग अभिनय गरे सो चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका हुन् ।

सुशान्तसिंह रातपुतले सन् २००८ मा ‘किस देश मे हैं मेरा दिल’ टेलिभिजन कार्यक्रमबाट अभिनय कार्यक्रमको सुरुवात गरेका थिए। यस कार्यक्रमबाट भने उसलाई खासै पहिचान भएन। त्योसँगै टेलिभिजन कार्यक्रमहरु ‘जरा नचके देखा ले’ र ‘झलक दिखला जा’ मा पनि देखिएका थिए सन् २००९ मा उनी पवित्रा रिश्ता टेलिभिजन कार्यक्रममा देखिएका थिए। यस कार्यक्रममा अंकिता लोखंडेका साथमा उनको जोडी चर्चित रह्यो। यस कार्यक्रममा मानवको भुमिकामा उनलाई धेरैले चिने।

फिल्म ‘कोइ पो चे’बाट सुशान्तले बलिउडमा डेब्यू गरे। त्यसपछि उनी लगातार फिल्ममा देखिए। यसपछि उनका ‘शुद्ध देसी रोमांन्स’, ‘पीके’, ‘एमएस धोनीः अनटोल्ड स्टोरी’, ‘राबता’, ‘वेलकम टू न्यूयोर्क’, ‘केदारनाथ’, ‘राबता’, ‘वेलकम टू न्यूयोर्क’, ‘केदारनाथ’, ‘सोन चिडिया’, ‘छिछोरे’, ‘ड्राइव’ जस्ता फिल्ममा देखिए।

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिक फिल्म एमएस धोनीः अनटोल्ड स्टोरी सुशांन्तको फिल्मी करिअरको पहिलो सुपरसिट फिल्म रह्यो। २०१६ मा आएको यो फिल्मले बक्स अफिसमा पनि निकै राम्रो कमाई गरेको थियो। धर्मा प्रोडेक्सनको फिल्म ‘ड्राइव’ मा उनी अन्तिम पटक देखिएका थिए। २०१९ मा आएको यस फिल्ममा उनी जैकलिन फर्नान्डेजसँग रोमान्टिक भुमिकामा देखिएका थिए। डिजिटल प्लेटफर्ममा उपलब्ध यो फिल्म भने सफल हुन सकेन।

प्रतिकृया दिनुहोस्