Monday, November 30

बलिउडका अभिनेता सुशान्तकी पूर्व म्यानेजरक दिशा सलियानको मृ*त्यु भएको ६ दिनमै सुशान्तले पनि गरे देहत्याग

June 14, 2020 128

बलिउड क्षेत्रमा एक पछि अर्को शोकको घटना बढ्दै गएका छन् । बलिउडले एक पछि अर्को होनहार कलाकार गुमाउँदै गएको छ । ऋषीकपुर, इसफान खान, चचीृत संगितकर्मी वाजिद लगायतलाई वलिउडले लकडाउनकै क्रममा गुमायो । आइतवार विश्वासै गर्न नसकिने अर्का एक होनकार कलाकारलाई पनि गुमाएपछि बलिउड शोकमा छ ।

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आफ्नो करियरलाई उकालो चढाइरहेका ३३ वर्षका कलाकार तथा अभिनेता सुशान्त सिंह राजपुतले देहत्याग गरेका छन्।

सफलताको उचाइमा रहेकै बेलामा गरेको उनको यस्तो निर्णयले सबैलाई अचम्म पारेको छ । उनले देहत्याग किन गरे भन्ने कुरा अहिले सम्म खुलेको छैन । भारतीय सञ्चार माध्यमले उनको निधनको कारण अनुसन्धान भइरहेको जनाएका छन्राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

३४ वर्षीय राजपुतले पछिल्लो समय सारा अली खानसँग ‘केदारनाथ’ र श्रद्धा कपुरसँग ‘छिछोरे’ फिल्ममा अभिनय गरेका थिए। राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे। उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी उनको अपार्टमेन्ट पुगिसकेको छ।

उनले किन देहत्याग गरे भन्ने बारे जानकारी प्राप्त छैन । मिडिया रिपोटएका अनुसार सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् । सुशान्त सिंहको जन्म पटनामा भएकामे थियो । सन् २००० को सुरुवातमा उनको परिवार दिल्लीमा बसेको थियो । सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् । टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा काम गरेका छन् ।

बलिउडमा सुखद करिअर चलिरहेको समयमा सुशान्तले किन देहत्याग गरे ? उनका फ्यानहरु अहिले यो प्रश्नको जवाफ जान्न चाहिरेका छन् । उनको अन्तिम रिलिज चलचित्र ुछिछोरेु रहेको थियो । यो चलचित्रले जस्तो सुकै अवस्थामा पनि देहत्याग गर्नुहुँदैन भन्ने सन्देश दिएको छ । जसले यस्तो सन्देश दिने फिल्ममा अभिनय गरे उनैले देहत्यागको निर्णय गर्नु अचम्म मानिएको छ । उनी आफ्नै जिवनसंग किन हार माने यसको कारण खोजि भइरहेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

उनले समाजिक संजालमा गरेका केही पोष्टले उनमा बिचलन आएको बुझ्न सकिन्छ । उनका स्टाटसले त्यस्तै संकेत दिन्थे । केहि दिन अगाडी इन्स्टाग्राममा उनले आमाको तस्विर शेयर गर्दै सोहि भाव पोखेका थिए । जीवनको एक्लोपनले पनि कहिँ कतै उनलाई खाएको हुन सक्छ ।

सुशान्तकी पूर्व म्यानेजरको पनि केहि दिनअघि एउटा भवनको १४ औं तल्लाबाट खसेर निधन भएको थियो । रिपोर्टका अनुसार उनी आफ्नो प्रेमीसँग बस्दै आएकी थिइन् । घटनापछि उनलाई तुरुन्तै बोरिवली अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई मृत्त घोषणा गरेका थिए । प्रहरीले दिशाको आमाबाबुको बयान लिएको छ भने उनको प्रेमीको बयान लिन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्