Friday, December 4

बैठकमा जाँदा कार दुर्घटना, गाउँपालिका अध्यक्षको नि*धन

June 14, 2020 183

काठमाडौं, ३२ जेठ । जिल्ला विपद् ब्यवस्थापन समितीको बैठकमा जान लागेका गाउँपालिका अध्यक्षको सवारी दुर्घटनामा परी ज्यान गएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको जिप दुर्घटनामा परी निधन भएको हो ।

उनी जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन जिपमा जाँदै थिए । नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार गाउँपालिका कार्यालयबाट परासी जान लागेका उनी चढेको कार दुर्घटनामा परकेो हो ।

लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको उनले बताए । दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिए पनि अस्पतालले उनको निधन भएको घोषणा गरेको प्रजिअ पाठकले बताए । शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् । उनी खतरामुक्त रहेको प्रजिअ पाठकले बताए ।

प्रतिकृया दिनुहोस्