गायिका टिका सानुको बर्षौ देखिको सपना आज पुरा हुन गयको छ। हुन् त उखानै छ नि भगवानले त आट मा पुराउछु भनेर हो आज त्यहि उखानको सम्झना आयो। सांगीतिक यात्रामा मात्र नभई शैक्षिक यात्रामा पनि निरन्तर सहारा बनेका खिम अविरल अर्थात गायक खिम अविरल भन्न रुचाउछु म त।
हरेक दुखको पाइला मेट्दै आयका गायक खिम अविरलको अनुहारमा आज केहि उज्यालो पन भेटे सायद यो सबै कर्मको फल नै होला जस्तो लाग्छ।
गायिका टिका सानु भन्छिन यदि खिम सरले त्यतिबेला मलाइ हौसला नदियाको भय आज म परदेशी बनिसक्थे तर त्यसबेला खिम सरले हौसला दिनु भयो र आज यो ठाउमा उभिन सक्ने भयको छु। दुख मा साथ् र सुखमा हौसला दिदै आउनुभयो आज मा त्यहि मायाले यस स्थानमा नाम राख्न सकेकी छु।
आज गायिका टिका सानु र खिम अविरलको आवाजमा मारुनी स्टुडियो मा रेकर्डिङ्ग भयको छ। अडियोमा लगानी त गायिका टिका सानुले आफैले गरेकी छिन भने भिडियोको लागि भने दर्शकहरु बाट आशा गरेकी छिन। उहाको सपना नै दर्शकहरुको सपना हो। खिम अबिरललाइ अहिले रिण दिने साहुहरुले पनि नअत्त्याएको बताउछन। सहयोगको लागि : ९८५१२२४९७०।
इन्द्रेणीको टिका सानु र उनको गुरु एक्कासी भाबुक हुदै मिडियामा,सोचे झैँ सहयोग नआएपछि भने:पिडा उस्तै छ ( भिडियो )
भिडियो हेर्नुहोस //
प्रतिकृया दिनुहोस्