Saturday, December 5

सिंगो संसद तरंगित गर्ने राजेनन्द्र र उपेन्द्रको दमदार भाषण, जिते ३ करोड नेपालीको मन (हेर्नुहोस भिडियो)

June 13, 2020 241

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ मा समर्थन गर्दै नेपाल र भारतबीचको सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि दफावार छलफलका क्रममा भाग लिँदै अध्यक्ष यादवले सीमाङ्कन कार्य महाकाली र सुस्ताबाहेक टुङ्गिसकेका अवस्थामा यी दुई विषय अझै पेचिलो रहेकाले दुई देश बीचमा हल गर्ने सवालमा पहल नभएकामा चिन्ता प्रकट गर्नुभयो ।

उहाँले सन् १८१६ को सुगौली सन्धिको धारा ५ मा नेपालले काली पश्चिमको भागमा आफ्नो दावी छाड्ने सम्झौता गरेको उल्लेख गर्दै पछि महाकाली सम्झौताका बेला प्रस्तावनामा नै अस्पष्ट रुपमा महाकालीको अधिकांश भाग सीमा हुने उल्लेख गरिएकाले गल्ती भएको जिकिर गर्नुभयो । नेता यादवले महाकालीको मुहानको विषय अझै स्पष्ट नभएको जिकिर गर्दै भन्नुभयो, “पहिले लिम्पियाधुरासम्मको नक्शा कुन बेला कसको पालामा गायब भयो, त्यसको विषयमा गम्भीर हुनुपर्छ ।”

उहाँले सन् १९५४ देखि पाँच पटकसम्म चीन र भारतबीच सहमति र सम्झौता भएको र भारतले नेपाली भूभाग अतिक्रमण गरेर विभिन्न संरचना बनाइसकेका सन्दर्भमा सन् १९६५ मा अर्काे सम्झौता भएको भनेर सुनिएकाले त्यसबारे स्पष्ट पार्नसमेत माग गर्नुभयो । उहाँले संसद्मा आइसकेका विषयमा पछि प्रमाण सङ्कलन गर्ने समूह बनाएर सरकार उल्टो बाटामा लागेको जिकिर गर्दै उक्त समूहमा मधेशी समुदायको सहभागिता नभएकामा आपत्ति जनाउनुभयो ।

भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ ः महतो

जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।

“अहिलेको संविधानबारे हाम्रो असहमति कायमै छ । यो संविधान सबै वर्ग र समुदायको हुन सकेको छैन तर भूगोलको रक्षाका सन्दर्भमा हामी एक ठाउँमा छौँ । अबका दिनमा विगतमा हामीसँग भएका सम्झौताअनुसार संविधान संशोधनका प्रस्ताव आएको भएको राम्रो हुन्थ्यो ।” उहाँले भन्नुभयो, “यो नक्शा जारी गरेर मात्रै हुँदैन । कूटनीतिक वार्ता गरेर हाम्रो भूमि फिर्ता ल्याउनुपर्छ । राष्ट्रियता कुनै जात र वर्गको हुन सक्दैन । एकलौटी राष्ट्रियता पङ्गु राष्ट्रियता हो । अब हामी भूमि र जनताको पहिचानसहितको राष्ट्रियताको नयाँ परिभाषामा जाऔँ ।”

उहाँले जनताले गरेको आन्दोलनको सम्मान गर्दै संविधानको रक्षाका लागि यसमा समयानुकूल संशोधन आवश्यक हुने विचार राख्नुभयो । नेता महतोले आफूहरुका असन्तुष्टिका बीच देशको सवालमा एक ठाउँमा उभिनुपर्ने भएकाले नक्शा संशोधनको विधेयकलाई सहर्ष समर्थनको घोषणा गर्नुभयो । उहाँले नेपाली सीमाको रक्षाका लागि प्रत्येक मधेसी जनता नै सेना बनेर लडिरहेको बताउँदै देशमा राष्ट्रघातीहरुको पनि खोजी हुनुपर्ने तर्क गर्दै प्रश्न गर्नुभयो, “अन्ठाउन्न वर्ष पहिले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको नक्शामा कायम रहेको थियो । त्यसलाई कसले हटायो ? त्यसबारे खोजबिन र श्वेतपत्र जारी गरी राष्ट्रघातीलाई पर्दाफास गरी कारबाही गर्नु पर्दैन ? अनि मधेसी, आदिवासी र दलितले राष्ट्रियताका विषयमा कति पटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?” सङ्घीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई हालै जनसमाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

प्रतिकृया दिनुहोस्