Thursday, December 3

सांसद सरिता गिरीले दिइन् ‘नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’ भन्दै यस्तो चेतावनी

June 13, 2020 174

काठमाडौं । संसदमा सभामुख अग्नी सापकोटाले बोल्न नदिएपछि समाजवादी पार्टीकी सांसद सरिता गिरीले संस बहिष्कार गरेकी छिन् । उनले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई हमला गरिएको बताएकी छिन् ।प्रतिनिधि सभा बैठकले आफ्नो संशोधन प्रस्ताव अस्वीकार गरेपछि बाहिरिएकी उनले आफूले संशोधन राखेपछि नपाच्य खालको गालीगलौजको सामना गर्नुपरेको बताएकी छिन् ।

संसदबाट निस्कने क्रममा पत्रकारहरुसँग उनले भनिन, ‘म महिलाको रूपमा बोल्दैछु–या त मैले देहत्याग गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो । महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ ।’

उनले राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो भन्दै चेतावनी पनि दिइन् ।गिरीले भनिन, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई करणी गर्‍यो । महिलाहरूले निर्माण गर्नुभयो ।’ जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई हमला गर्दा सचेत नभए मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि ठिक हुँदैन भन्ने प्रतिकृया दिइन् ।

प्रतिकृया दिनुहोस्