Thursday, December 3

नेपालमा कोरोनाबाट थप दुईको मृ*त्यु,मृतकको संख्या १८ पुग्यो

June 13, 2020 202

३१ जेठ, काठमाडौँ ।कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए ।

उनले जेठ २८ गते पर्सा जिल्ला विरगंज महनगरपालिका घण्टाघर नजिक अन्दाजी २५ वर्षका एक पुरुषको बेबारिसे सब फेला परको र नारायणी अस्पतालको प्रयोगशालामा जाँच गर्दा जेठ ३० गते कोरोना पोजेटिभ पुष्टि भएको बताए । यस्तै बारा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षिय बालकलाई ज्वरो तथा स्वासप्रस्वासमा समस्या देखिएपछि शुक्रबार विरगंज हेल्थ कियर अस्पतालमा उपचारका लागि ल्याइएको र आरडिटी परीक्षणमा पोजेटिभ आएपछि आइसोलेसन वार्डमा राखी उपचार गरिएको अवस्थामा मृत्यु भएको बताए ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा समेत कोरोना संक्रमण पोजेटीभ आएको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको पाइएको छ । प्रवक्ता गौतमले २ य ४७ पुरुष र ३६ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्