Friday, January 22

आज कोरोना पोजिटिभ देखिएका कंचनपुरका ४१ वर्षीय पुरुष अवैध बाटो हुँदै नेपाल आइपुगेको खुलासा

April 4, 2020 291

काठमाडौं, २२ चैत्र । कोरोना भाइरस कोभिड-१९ का तिन संक्रमित एकै साथ फेला परेका छन । कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना भने छिमेकी राष्ट्र भारतबाट आएका संक्रमित हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन्।

यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो। ३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो। पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो। उनका देवरमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । देवरलाई संक्रमण पुष्टि भएपछि परिवारका १० जना क्वारेन्टाइनमा बस्दै आएका थिए ।

आठौँ संक्रमन कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ। २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो। भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पुरा विश्व र भारतमा समेत कोरोनाको त्रास फैलिए पछि उनी चैत १३ गते भारतबाट अवैध बाटो हुँदै नेपाल आइपुगेको खुलेको छ । ती पुरुष भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँमा सडक निर्माणको काम गर्दथे ।

सडक निर्माणमा खटिएका उनि लगायत अन्य १० जना एउटा टेन्ट मै सुत्ने र खाने गर्दथे । उनि पैदल नै हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा टायरको ट्युवमा चढेर नेपाल छिरेका पाइएको छ

प्रतिकृया दिनुहोस्