Thursday, November 26

३ वर्षीय बालक सहित बेवारिसे अवस्थामा मृत भेटिएका व्यक्तिमा पनि कोरोना पुष्टि

June 13, 2020 279

वीरगन्ज -वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।वीरगन्जको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

हालसम्म मृतकको पहिचान नखुलेको डा। सिंहले जनाए । त्यस्तै सुखवाप्रसौनी गाउँपालिकाको देउरवाना क्वारेन्टाइनबाट रिफर गरिएका ३ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

भारतको तिरुपति बालाजीबाट फर्किएर वीरगन्जको कन्ट्री इन होटलमा क्वारेन्टाइनमा बसेका वीरगन्ज कुम्हाल टोल निवासी एक महिला र पुरुषमा समेत कोरोना संक्रमण देखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्