Sunday, March 7

बढ्यो अन्तराष्ट्रिय रुपमा ओलीको चर्चा, यी हुन् खुलेरै साथ् दिने शक्तिशालि देश !

February 5, 2021 99

काठमाडौं – प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा राजनीतिक माहोल बनाउन ‘हिन्दु कार्ड’ खेल्न थालेको भन्दै एक भारतीय अखबारले बिहीबार सम्पादकीय नै लेखेको छ । नेपालका सम्बन्धमा निकै कम ‘स्पेश’ दिने भारतीय अखबारमा नेपाली राजनीतिक अवस्थालाई केलाएर सम्पादकीय लेखेका उदाहरण निकै कम पाइन्छ ।

भारतीय अखबार ‘पञ्चाव केसरी’ले बिहीबारको अंकमा नेपालको राजनीतिक अवस्थाबारे सम्पादकीय लेखेको हो । ‘नेपालमा सत्ता कायम राख्नका लागि ओलीले खेले हिन्दु कार्ड’ शीर्षकमा सो अखबारले सम्पादकीय लेखेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशको संसद भङ्ग गर्दै दुई चरणमा चुनाव घोषणा गरेपछि नेपालमा जनआक्रोस बढेको र सरकारविरोधी प्रदर्शन भइरहेको अवस्थालाई सो अखबारले सम्पादकीयको पृष्ठभूमि बनाएको छ ।

केपी शर्मा ओलीको यो कदमपछि सत्तारुढ दल दुई धारमा विभाजित भएको र पार्टीको आधिकारिकतासम्बन्धी विवाद पनि बढेको जिकिर गर्दै सम्पादकीयमा लेखिएको छ, ‘नेकपाको एउटा पक्षले ओलीलाई पार्टीबाटै निष्काशन गरेको छ ।’ पचासभन्दा बढी वर्षदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय ओलीले अहिलेसम्म आफूलाई नास्तिक भन्दै आएको र धर्मलाई उनले ‘अफिम’सँग तुलना गरेको पनि सो अखबारले उल्लेख गरेको छ ।

तर अब कुर्सी खोसिन लागेको देखेर उनले आफ्नो कट्टर कम्युनिस्टवाला पहिचानमा एकाएक हिन्दुत्वको रङ भर्न थालेका छन्, नेपालको हिन्दु राजतन्त्रको विरोध गर्ने ओलीले अब हिन्दु धार्मिक अनुष्ठानमा अग्रसर भएर भाग लिने र मन्दिरहरुमा जान थालेका छन् । सम्पादकीयमा लेखिएको छ, ‘गत साता उनी काठमाडौंस्थित प्रसिद्ध पशुपतिनाथको मन्दिरमा पत्नी राधिकाका साथ विशेष पूजाका लागि गए, उनले त्यहाँ सवा घण्टा पूजा–अर्चना गरे र सवा लाख बत्ती बाले ।’

यस अवसरमा ओलीले मन्दिरमा लगाउनका लागि १०८ किलो सुन खरिद गर्न ३० करोड रुपैयाँ दिने घोषणासमेत गरेको भन्दै सो अखबारले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘उनले संसद भङ्ग गरेपछिको जनआक्रोस कम गर्ने प्रयासस्वरुप यसो गरेको मानिएको छ ।’ सम्पादकीयमा अगाडि लेखिएको छ, ‘ओलीको यो कदमलाई संविधानमाथिकै हमला भनिएको छ, किनकि नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राज्यको दर्जा दिएको छ ।

राजनीतिक विश्लेषकहरुको भनाइका आधारमा सम्पादकीयमा निष्कर्ष निकालिएको छ– ओलीको ‘मन्दिरयात्रा’ पछाडि उनको राजनीतिक एजेण्डा लुकेको छ र यसो गरेर उनी धर्मनिरपेक्षताको लेबलबाट मुक्त हुन चाहन्छन् । सम्पादकीयमा लेखिएको छ, ‘केपी शर्मा ओलीको विचारधारामा अचानक हिन्दु रीति–रिवाजप्रति यो झुकाव यस्तो समयमा आएको छ कि देशलाई हिन्दु राष्ट्रका रुपमा सन् २००८ भन्दा पहिलाकै अवस्थामा फर्काउन माग गर्दै प्रदर्शनहरु भइरहेको छ ।’

ओलीको यो कदम कति सफल हुन्छ भन्ने कुरा आगामी दिनमा प्रस्ट हुँदै जानेभन्दा सम्पादकीयको निष्कर्षमा भनिएको छ तर आफ्नो सत्ता काम राख्नका लागि मतदातालाई प्रभावित गर्ने उद्देश्यले उनी मन्दिर जानु र मन्दिरको सौन्दर्यीकरणका लागि ठुलो धनराशी दिनु नेपालको राजनीतिमा नयाँ कोल्टेको संकेत अवश्य हो ।

ओलीको विरुद्धमा हुदै छ यस्तो कदम

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए ।

यो लोकतन्त्र र लोकतन्त्र विरोधीको लडाइँ भएको भन्दै उनले भने, ‘यस्तो नभइदिए हुन्थ्यो भन्ने जनताको भावना हामीले बुझेका छौं, सम्मान पनि गर्छौं । तर कहिले काँही यस्तो बाध्यात्मक अवस्था आउँछ । यो संविधानको रक्षाका लागि हो ।’ संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए । उनले अघि भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्छ ।’ प्रहार न्युज बाट

प्रतिकृया दिनुहोस्