Wednesday, December 2

नवराज विक प्रकरणमा प्रधानमन्त्री ओलीले पहिलोपटक दिए यस्तो बयान

June 12, 2020 421

काठमाडौं । नवराज विक प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा बयान दिनु भएको छ । बुधबार संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिर्दै उहाँले यस घटनामा आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले रुकुम पश्चिमको घटनालाई सरकारले गम्भीरताका साथ लिएको भन्दै निष्पक्ष ढंगले छानविन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरिएको भन्दै उहाँले गम्भीरता र निष्पक्ष ढंगले छानविन हुने आश्वासन दिनुभयो ।

संसदले संसदीय समिति बनाएको र त्यसको छानविनले पनि सरकारलाई मद्दत पुर्याउने विश्वास व्यक्त दिलाउनुभयो । घटनाको पृष्ठभूमिमा जातीय छुवाछुत, सामाजिक विकृतिका कुरा देखिनु उचित नहुने भन्दै ओलीले यस्ता घटनाका दोषीलाई कारवाही गरिने स्पष्ट पार्नुभयो ।

अन्तरजातिय प्रेमका कारण रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।उक्त घटनामा दर्जन बढी युवाहरु घाइते भएका थिए । यहाँ विक थरका युवक र मल्ल थरकी युवत्तीबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । घटनाको अहिले पनि अनुसन्धान जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्