Thursday, November 26

साउदीबाट नेपाल फर्कन इच्छुकहरुको लागि एकदमै महत्त्वपूर्ण सुचना…हेर्नुहोस

June 12, 2020 231

काठमाडौं २९ जेठ / कोरोना भाइरस (कोभिड-१९) कारण साउदी अरबमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले स्वदेश ल्याउने भएको छ । दूतावासमा फारम भरेर प्राथमिकता परेकाहरुलाई यहि जुन १५, १८, १९, र २४ तारिखमा चारवटा उडानबाट नेपाल ल्याउने पक्का भएको छ ।

स्वदेश फर्किनेहरुले जहाज भाडा भने आफैले बेहोर्न पर्नेछ । रियादबाट आउनेलाई २३ सय ६३ रियाल भाडा लाग्नेछ भने, दमामबाट आउनेलाई २२ सय १३ रियाल र जेद्धाबाट नेपाल आउनेलाई २८ सय ८८ रियाल जहाजबाट तोकिएको छ ।

हेर्नुहोस् साउदी स्थित नेपाली दूतावासको सुचना ।

कोरना भाइरस (COVID-19) महामारीका कारण अन्तराष्ट्रिय हवाई उडानहरु स्थगन भएको हुनाले साउदी अरबबाट स्वदेश फर्कनका लागि पर्खिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाल फर्कन चार्टर्ड उडान संचालन हुने बारे राजदूतावासको अत्यन्त जरुरी सूचना ।

प्रतिकृया दिनुहोस्