Thursday, November 26

लामो समयपछि हिमानीको मायाले पारसलाइ तानेपछि…..

June 12, 2020 335

काठमाडौं । छोरीहरुसंग थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाहको टिकटक भिडियोलाई उनका श्रीमान पारस शाहले शेयर गरेका छन् । पारसले आफ्नो सामाजिक सञ्जालमा छोरीसँग टिकटकमा रमाउँदै बनाएको भिडियोलाई फेमिली भनेर शेयर गरेका हुन् ।

सर्वसाधारणले जस्तै टिकटकलाइ आफ्नो खुसी साट्ने माध्यम बनाएकी सामाजिक अभियन्ता हिमानी शाह यतिबेला टिकटक भिडियोबाटै सामाजिक सञ्जालमा भाइरल बनेको छन् ।

सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ । पूर्व राजपरिवारका यस्ता ब्यक्तिगत भिडियो र तस्बिर विरलै सार्वजनिक हुने भएकाले अपलोड भएको केही बेरमै भाइरल हुने गर्छ ।

छोरी र श्रीमतीले थाइल्याण्डमा गरेको रमाइलोको टिकटक भिडियो पूर्व युवराज पारस शाहले पनि शेयर गरेका छन् । फेमिलि लेखेर उनले शेयर गरेको भिडियोमा पनि थुप्रै कमेन्ट आएका छन् ।

सोमवार अपलोड भएको भिडियो एकै छिनमा भाइरल भएको थियो । मंगलवार विहानै देखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ । सोमवार सार्वजनिक भएको सोही भिडियो पूर्वयुवराजले पारसले शेयर गरेका हुन् ।

हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा अभिनय गरेकी छन् ।छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् ।

उनीहरुले टिकटकमा बनाएको भिडियोमा देशभक्ति गीत सुन्न सकिन्छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ । त्यसै गरी ‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा पनि हिमानीले छोरीसँग टिकटक बनाएको छन् ।

छोरीहरुका साथ समय विताउन थाइल्याण्ड गएकी हिमानी लकडाउनका कारण उतै छन् भने पूर्व युवराज पारस भने पोखरामा रमाइलो गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्