Wednesday, December 2

पेटमा बच्चा उल्टो र गर्भमै दिसा गरेपछि गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरियो

June 11, 2020 236

मार्तडी, २९ जेठ- बाजुराको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गर्भवतीको पेटमा रहेको बच्चा उल्टो र गर्भमै दिसा गरेकाले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न नसकिने भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो ।

उहाँले २७ वर्षीया नाकी कार्कीको हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रजिअ भण्डारीले बताउनुभयो । कार्कीको पहिलो बच्चा पाउँदा अप्रेशन गरेका कारण जिल्लामा उपचार सम्भव नभएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले नेपालगञ्ज पठाएको भण्डारीको भनाइ छ । (रासस) :

प्रतिकृया दिनुहोस्