Wednesday, December 2

जोर विजोरमा चलाउने अनुमति दिएको सरकारले भर्खरै गर्यो यस्तो निर्णय

June 11, 2020 231

काठमाडां, २९ जेठ । बुधवार मात्र नीजि सवारी साधन जोर विजोरमा चलाउने अनुमति दिएको सरकारले तत्काल सार्वजनिक सवारी साधन भने नचलाउने भएको छ । विहिवारको सरकारको निर्णय अनुसार तत्काल सार्वजनिक सवारी साधन नचलाउने निर्णय भएको हो । बुधवार मात्र सरकारले जोर विजोर नीजि सवारी साधन चलाउने निर्णय गरेको थियो ।

सरकारले लकडाउन खुलाउने पाँच चरणको मोडालिटि तयार गरेको छ । जस अन्तरर्गत सुरुमा कृषी, साना ब्यापार ब्यवसाय सञ्चालन गर्ने र त्यस पछि अन्य खुलाउदै जाने रणनीति बनाएको छ । सार्वजनिक सवारी साधन, फिल्म हल, स्कूल लगायतका मानिसको भिडभाड बढाउने सेवा पछिल्लो चरणमा खुलाउने रणनीति सरकारले बनाएको छ ।

सार्वजनिक सवारी साधन तत्काल नचल्ने भएपछि निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ । सरकारले जोर विजोर नीजि सवारी साधन चलाउन अनुमति दिए लगत्तै काठमाडौंका सडकमा सवारी चाप बढेको छ ।

सार्वजनिक सवारी धनीहरुले भने आफुहरुको करोडौको लगानी डुब्न लागेको भन्दै सञ्चालन अनुमति दिन माग गरेका छन् । उनीहरुले सुरक्षा अपनाउँदै यातायात चलाउन माग गरेका छन् ।

लामो समय सम्म गाडी थन्क्याएर राख्नुपर्दा आफुहरुको अवस्था पनि निकै नाजुक भएको र बैंकको ऋण समेत तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै सावधानी अपनाएर यातायात सेवा पनि सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।

काठमाडौंमा तीन दिन यता सडकमा निजी सवारी साधनको चलह पहल बढेको छ । सडकमा सवारी चापका कारण ट्राफिक जाम हुने गरेको छ । सार्वजनिक यातायात मजदुरहरुले भोकले मर्ने अवस्था आउन लागेको भन्दै आफ्नो व्यवसाय सञ्चालन गर्न दिन माग राखेका छन् ।

यातायाता व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात खोल्नुको विकल्प नरहेको बताएका छन् । आफुहरुको ठूलो लगानी डुब्ने अवस्थामा पुगेको भन्दै अब सार्वजनिक यातायात सञ्चालन गर्ने मनस्थितिमा पुगेको बताएका छन् । यातायात मजदुर र ब्यवसायी भोकै हुने बेला भइसकेको उनको भनाई छ । सार्वजनिक यातायातमा १० खर्बको लगानी रहेको र १० लाख भन्दा बढीले रोजगारी पाएका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आफुहरु यातायात सञ्चालन गर्ने मनस्थितिमा पुगेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्