Saturday, December 5

नेपालमा ४ दिनकाे शिशुलाइ समेत कोरोनाको पुष्टी

June 11, 2020 218

बाजुरा– बाजुराकाे बुढिगगा नगरपालिका धुरालशैन माबिमा रहेको क्वारेन्टाइनकी ४ दिनको शिशुमा समेत कोरोना संक्रमण देखीएको छ । बाजुरा जिल्लामा एकै दिन देखीएका १८ जना मध्य धुरालशैन माबिकाे क्वारेन्टाइनमा जन्मेको चार दिनको शिशुलाइ समेत कोरोना पुष्टी भएको श्रोतले जनाएको छ । जेठ १५ गते भारतको पलिया भन्ने ठाउँमा सो शिशुको जन्म भएको जनाएको छ ।जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ मा रहेको धुरालशैन माबिका १ सय ८७ जनाको स्वाव संकलन गरि धनगढी प्रयोगशालामा पठाएकोमा १८ जनामा कोरोना संक्रमण देखा परेको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा बाजुराको त्रिबेणीका ५० बर्षीय पुरुष र बुढिगंगा नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा बूढीगंगा नगरपालिकाकै ४ दिने शिशु, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष गरी एकैदिन १८ जनामा संक्रमण देखिएको छ।फाइल तस्विर

प्रतिकृया दिनुहोस्