Tuesday, November 24

सरिता गिरीले भारतमै गएर राजनीति गर्न नायिका नीता ढुंगानाको सुझाव भनिन् ‘तिमी नेपालमा लायक छैनौ’

June 11, 2020 173

काठमाडौं । संघीय सदभावना पार्टीकी उपाध्यक्ष सरिता गिरी यतिबेला आफ्नै अभिब्यक्तिका कारण विवादमा छिन् । उनको अभिव्यक्तिको चर्को अलोचना भइरहेको छ । यस विषयमा धेरैले उनको बिरोध गरेका छन् । यसैबिच नायिका नीता ढुंगानाले गिरीलाई नेपालको लायक नभएको भन्दै भारतमै गएर राजनीति गर्न सुझाएकी छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन् ‘हो नारीलाई आफ्नै माइती नै प्यारो हुन्छ । उतै गएर राजनीति गर्दा कसो होला ! तिमी नेपालमा लायक छैनौ ।’नीताले नेतृ गिरीप्रति लक्षित गरेर लेखेको स्टाटसमा उनका प्रशंसकहरुले पनि समर्थन जनाएका छन् ।

लिपुलेकसहित भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनु पर्ने माग उठिरहेको बेला उपाध्यक्ष गिरीलेभारतको पक्षमा वकालत गरेको भन्दै उनको चर्को आलोचना भएको हो । उनले विभिन्न सञ्चारमाध्यममा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको अभिब्यक्ति दिएकी थिइन ।

प्रतिकृया दिनुहोस्