Thursday, November 26

यसरी आफ्नै ज्वाइँले लिए सासूको ज्या*न

June 11, 2020 272

काठमाडौं । मकवानपुरमा ज्वाइँले सासूको ज्यान लिएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले ज्यान लिएको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपालीसमेत बस्दै आएका थिए ।

उनै नेपालीले धा’रिलो ह’तिया’र प्र’हार गरेर सासूको ज्यान लिएको र उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले जानकारी दिनुभयो । बिहान ४ बजे धा’रिलो ह’तिया’रले आ’क्रम’ण गरी ज्यान लिएको र होहल्ला भएपछि स्थानीयवासीले थाहा पाई अभियुत्तmलाई नियन्त्रणमा लिएको मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले जानकारी दिनुभयो ।

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्रहरी टोली पुगेको छ । प्रहरीले अभियुक्त नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको नायब उपरीक्षक रानाले जानकारी दिनुभयो । रानाका अनुसार पक्राउ परेका नेपालीले आफूले सासूको ज्यान लिएको स्वीकार गरेका छन् ।

प्रतिकृया दिनुहोस्