Saturday, December 5

कुवेतबाट आउने भनिएको पहिलो चार्टर उडानको समयतालिका अझै अनिश्चित

June 10, 2020 181

२८ जेष्ठ, काठमाडौँ । कुवेतबाट बुधबार आउने भनिएको पहिलो चार्टर उडानको समयतालिका अझै अनिश्चित नै छ । कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिएको थियो ।

कुवेतस्थित नेपाली दूतावासले समयतालिका अझै निश्चित नहुनुको कारण भने बताएको छैन । कुवेतले बिना जरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो । अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन् ।

नागरिक उड्डयन प्रधिकरणले दुई वटा विमान आउन अनुमति दिइसकेको छ । प्राधिकरणका अनुसार अनुमित दिएको ७२ घण्टाभित्र विमान आउनुपर्छ । कुवेतले निजी विमान कम्पनी जजिरा एयरलाइन्सलाई उडानको लागि जिम्मेवरी दिइएको हो ।

जजिराले बुधबार स्थानीय समय साँझ ४ बजे उडान गर्ने तालिका राखेको थियो । तर, सेनाले साँझको ६ बजेपछि यात्रु लिन नसक्ने भएपछि बुधबार बिहान ७ देखि ९ बजेभित्र पहिलो उडान गर्ने भनिएको थियो । यो समयमा उडान गर्न नसकेपछि अल जजिराले पुनस् बुधबार साँझ ८स्४५ को उडान तालिका राखेको छ । नेपालले साँझ यात्रु लिन सक्ने अनुमति दिए मात्रै साँझको समयमा उडान गर्न सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्