Wednesday, December 2

आज झनै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति छ आजको भाउ ?

June 10, 2020 419

काठमाडौँ । लकडाउनपछि आइतबारबाट कारोबार भइरहेको सुनचाँदीको भाउ बुधबार पनि पनि बढेको छ।आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ७ सय रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८८ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८७ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्