म्याग्दी, २२ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फै’लन सक्ने जो’खिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनले व्यवसायमा अ’सर गरेको छ । यसै कारण म्याग्दीका एक स्थानीय तहका प्रमुखले चैत्र १० देखि वैशाख १० गतेसम्मको घरभाडा मि’नाहा गरेका छन् ।रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बेनीको कालिपुल, वारीबेनी, पोखरा र काठमाडाैँमा रहेका आफ्ना घरमा व्यवसाय गर्ने र कोठा भाडामा बस्नेहरुको एक महिनाको करिब २ लाख ५१ हजार भाडा मि’नाहा गरेका हुन् ।
कोरोनाको स’न्त्रास र लकडाउनपछि हरेक घरधनीको जि’म्मेवारी आफ्नो घरमा बस्नेहरुलाई सम्मान गर्नु रहेकाे बताउँदै उनले आफूले एक महिनाको भाडा मि’नाहा गरेको जानकारी दिए ।‘कोरोनाको सन्त्रासले समाज आ’तंकित भइरहेको बेला मा’नवीय दा’यित्व पूरा गर्ने प्रयास गरेको छु । यस्तो बेलामा हुने सहयोगले ठूलो रा’हत मिल्ने अ’पेक्षा गरेको छु ।’ भण्डारीले भने ।कोरोना वि’रुद्धको अ’भियानमा गाउँपालिकाको को’षमा समेत व्यक्तिगत ४ लाख सहयोग गरेका भण्डारीले कोरोनावि’रूद्ध नागरिकको भूमिका सबैभन्दा ठूलो हुने भएकाले लकडाउनलाई पा’लना गरी घरमै बस्न समेत अ’नुरोध पनि गरे ।
प्रतिकृया दिनुहोस्