Monday, November 30

दुनियाकै अनौठो मन्दिर जहाँ मन्त्री, न्यायाधीशदेखि भ्रष्टाचारीलाई गरिन्छ यस्तो कडाई

June 10, 2020 215

काठमाडौं -कुनै कार्यालय वा निजी घरमा भ्रष्टाचारी अथवा गलत उद्देश्य रहेकाहरुलाई प्रवेश निषेध गरिएको सुनिँदै आएको हो । यस्तै मठ मन्दिर, मस्जिदलगायतका धार्मिक स्थानमा अन्य धर्मका मानिसलाई प्रवेश निषेध गरिएको हुन्छ । तर, यहाँ चर्चा गर्न लागिएको विषय भने फरक छ । एउटा मन्दिरमा भ्रष्टाचारीलाई प्रवेश निषेध गरिएको छ । विश्वकै यस्तो मन्दिर हो यो जहाँ भ्रष्टाचार गर्ने मानिसहरु छिर्न पाउँदैनन् ।

भारतको उत्तर प्रदेशस्थित कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई प्रवेश निषेध गरिएको छ । उक्त मन्दिरको नाम भ्रष्टतन्त्र विनाशक शनि मन्दिर हो । निजी जग्गामा बनाइएको सो शनि देवताका तिनवटा मूर्तिका साथै ब्रम्हा र हनुमानको पनि मुर्ति राखिएको छ ।

साथै शनिदेवताले निगरानी गरून् भन्नाका लागि मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीश तथा नेताहरुको तस्वीर राखिएको छ । उक्त मन्दिरमा तेल चढाउनु र घण्टी बजाउन पनि निषेध छ ।

प्रतिकृया दिनुहोस्