Wednesday, December 2

चीन र भारतको सीमामा विबाद बढेका बेला नेपाल आउँदै चिनियाँ सेना

June 9, 2020 401

काठमाडौँ । कोरोनाको उद्धगमस्थल चीनमा कोरोनाको संक्रमण नभएका बेला नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाममा सघाउन मेडिकल टीमसँगै चिनियाँ सेना नेपाल आउने चर्चा चलेको छ ।

चिनियाँ सेना नेपाल आउने तयारी बारे भारतीय मिडियामा समाचार भाइरल बनेको छ । भारतय मिडियाले चिनिया सेना नेपाल प्रवेश गर्ने तयारीमा भन्दै आक्रामक समाचार प्रसारण गरिरहेका बेला आज कांग्रेस नेता विमलेन्द्र निधीले आयोजित एक सार्वजनिक कार्यक्रममा स्वास्थ्य सहयोगको वहानामा चिनियाँ सेना नेपालमा झार्ने तयारी भएको भन्दै त्यसको विरोध गरेका छन् ।

चिनियाँ सेना नेपाल आउने तयारी बारे भारतीय मिडियामा समाचार प्रकाशन भएसँगै राजनीतिक दल र संसदमा समेत यसबारे बहस सुरु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भिडिओ कलमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसँग चिनियाँ जनमुक्ति सेनाको मेडिकल टिमलाई नेपाल ल्याउने सम्भावनाबारे छलफल गरेको भारतीय मिडियाको दाबी छ ।

भारत र चीनको सीमाना विबाद बढेका बेला भारतीय मिडियाहरुले नेपालमा कोरोना महामारी बढिरहँदा मेडिकल सहायताका लागि भन्दै चिनियाँ जनमुक्ति सेना नेपालमा आउने तयारी गरेको दाबी गरेका छन् । यद्यपी सरकारले यस विषयमा केही बोलेको छैन ।

From osnepal

प्रतिकृया दिनुहोस्