Wednesday, December 2

यी तस्विर सार्बजनिक गर्दै महाविर पुनले अर्थमन्त्रीलाई हाने झटारो, बजेट ल्याउदा गुगल सर्च गरेको भए यस्तो हुदैन थियो की ?

June 9, 2020 256

काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सरकारले विद्युतीय गाडीमा कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। उनले आफ्नो फेसबुकमा लेखेर अर्थमन्त्रालयलाई विभिन्‍न देशको उदाहरण दिँदै विद्युतीय गाडीमा कर बढाइएकोमा आपत्ति जनाएका हुन्। उनले विभिन्‍न ६ वटा देशको उदाहरण लेखेर भनेका छन्, ‘लौ त अर्थमन्त्रालयले तलको उदाहरण हेरेर सिकोस् त।’

उनले नीति तथा कार्यक्रममा विद्युतीय गाडीमा कर लगाउनु अघि अर्थमन्त्रीले गुगलमा खोजी गर्न नसकेको भन्दै तिखो टिप्पणी पनि गरेका छन्। ‘आज बिहान १५ मिनट ल्यापटप अगाडि बसेर गुगल भगवानको ध्यान गर्दा भगवानले तलको कुराहरुको जानकारी दिनुभयो। विद्युतीय गाडीमा १५० प्रतिशतसम्म कर लगाउनु हुने हाम्रा नीति निर्माताले पनि बजेट बनाउने बेलामा यसरी नै गुगल भगवानको अलिअलि ध्यान गरेको भए राम्रै हुन्थ्यो होला,’

उनले लेखेका छन्, ‘अनि तल दिइएका धनी देशका सरकारहरुले दिए जस्तै विद्युतीय गाडी किन्दा अनुदान दिन नसके पनि त्यति धेरै कर नबढाई दिएको भए पनि चित्त बुझ्थ्यो नि।’ उनले सरकारले जताततै थन्किएका सरकारी र पुराना गाडीलाई विद्युतीय गाडीमा परिणत गर्ने अनुमति नदिएको भन्दै दुखेसो पनि गरेका छन्। ‘पुरानो गाडीलाई विद्युतीय गाडी बनाउन नेपालमा सजिलै सकिन्छ र त्यसो गर्न पायो भने, जनता पनि अलि खुसी हुन्छन्,’ लौ सरकार होसमा आउनु पर्यो।’

उनले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोष्ट जस्ताको तस्तै

लौ त अर्थ मन्त्रालयले तलको उदाहरण हेरेर सिकोस त. ??????

आज बिहान १५ मिनट ल्यापटप अगाढी बसेर Google भगवानको ध्यान गर्दा भगवानले तलको कुराहरुको जानकारी दिनु भयो. विद्युतीय गाडीमा १५०% सम्म कर लगाउनु हुने हाम्रा नीति निर्माताहरुले पनि बजेट बनाउने बेलामा यसरी नै Google भगवानको अलि अलि ध्यान गरेको भए राम्रै हुन्थ्यो होला. अनि तल दिईएका धनी देशका सरकारहरुले दिए जस्तै विद्युतीय गाडी किन्दा अनुदान दिन नसके पनि त्यति धेरै कर नबढाई दिएको भए पनि चित्त बुझ्थ्यो नि.

साधारण जनताले चित्त बुझाउने अर्को कुरा पनि थियो . त्यो के भने सरकारले तल ललितपुर खबरले दिएको फोटोमा देखिए जस्ता जताततै फालिएका सरकारी र अन्य पुराना गाडीहरुलाई विद्युतीय गाडीमा परिणत गर्ने अनुमति सम्म दिएको भए पनि हुन्थ्यो नि. पुरानो गाडीहरु लाई विद्युतीय गाडीमा परिणत गर्न नेपालमा सजिलै सकिन्छ र त्यसो गर्न पायो भने जनता पनि अलि खुसि हुन्छन. लौ सरकार, होस् मा आउनु पर्यो !!!

१. जर्मनीमा €40,000 भन्दा कम मुल्य पर्ने विद्युतीय गाडी किन्दा सरकारले प्रति गाडी €6,000 अनुदान दिने रहेछ.२. नेदरल्याण्डमा नयाँ विद्युतीय गाडी किन्नेहरुलाई सरकारले प्रति गाडी €4,000 अनुदान र पुरानो विद्युतीय गाडी किन्नेहरुलाई €2,000 अनुदान दिने रहेछ. सन् २०२५ पछि ता नेदरल्याण्डमा पेट्रोल र डिजेल बाट चल्ने गाडी बेच्न नदिने रे .

३. चीनमा विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीहरुलाई सरकारले प्रति गाडी 25,000 yuan अनुदान दिने रहेछ. विद्युतीय गाडी किन्नेहरुलाई १०% क्रय कर छुट हुने रहेछ. यो सुबिधा चीनमा २०२२ सम्म पाउने रहेछन.४. बेलायतमा £50,000 भन्दा कम मूल्यका विद्युतीय गाडी किन्नेहरूलाई सरकारले प्रति गाडी £3,000 अनुदान दिने रहेछ.

५. क्यानाडामा विद्युतीय गाडीहरु किन्नेहरुलाई सरकारले गाडी हेरेर प्रति गाडी $2,500 देखि $5,000 सम्म अनुदान दिने रहेछ.६. दक्षिण कोरियामा संघीय सरकारले विद्युतीय गाडी किन्नेहरुलाई प्रति गाडी 182 लाख Won अर्थात् $15,613 सम्म अनुदान दिएको रहेछ. त्यसबाहेक त्यहाँ केहि स्थानीय सरकारहरुले पनि प्रति गाडी 100 लाख Won सम्म थप अनुदान दिने रहेछन.

यस्ता अरु धेरै उदाहरणहरु छन्. आफैले पनि खोज्नु होस्. धन्यबाद.

प्रतिकृया दिनुहोस्