Wednesday, December 2

न्युजिल्याण्डद्वारा कोरोना संक्रमण मुक्त भएको घोषणा

June 9, 2020 153

न्युजिल्याण्ड- ओसेनिया मुलुक न्युजिल्यान्डले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको घोषणा गरेको छ।नयाँ संक्रमित र सक्रिय केस बाँकी नरहेपछि न्युजिल्यान्डले कोरोना भाइरसमुक्त भएको घोषणा गरेको हो।

आइसोलेसनमा राखिएका अन्तिम बिरामीमा ४८ घण्टायता कुनै लक्षण नदेखिएको जनाइएको छ ।“यो वास्तवमा राम्रो खबर हो,” स्वास्थ्य विभागका महानिर्देशक डा. अस्ले ब्लुमफिल्डले भने। गत २२ मेमा न्युजिल्यान्डमा कोरोना भाइरसका अन्तिम संक्रमित भेटिएका थिए।

प्रतिकृया दिनुहोस्