Tuesday, November 24

नेपालकै लागि परिवर्तन गरेर गुगलले ल्यायो भारतमा हलचल, देखाइदियो बास्तविक भूगोल

June 9, 2020 2017

काठमाडौं । नेपाललाई लिएर विश्वको चर्चित सर्च इन्जिन गुगलले ठुलो परिवर्तन गरेको छ । नेपाल–भारतबीच अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरलाई लिएर विवाद चर्कदै गएको छ । गुगलले अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमीटर होईन १ लाख ४७ हजार ५१६ वर्ग किलोमीटर बताएको छ । नेपाल अहिले क्षेत्रफलका हिसाबले हेर्दा विश्वको ९३ औं स्थानमा रहेको छ ।


जनसंख्याका आधारमा नेपाल अहिले विश्वको ४९ औं स्थानमा रहेको छ । गुगलसँगै सबैतिर नेपालको क्षेत्रफल परिवर्तन भएको छ । जनसंख्या अनुसार नेपाल ४९ औं ठूलो र क्षेत्रफलमा ९३ औं ठूलो देश भएको छ । नेपाल भारतको तीन तर्फ र चीनको तिब्बत स्वायत्त क्षेत्र उत्तरमा अवस्थित छ । नेपालको कुल जनसंख्या ३ करोड नजिक रहेको छ ।

प्रतिकृया दिनुहोस्